एसईईआईडलका अन्तिम प्रतियोगिलाई लागू औषध दुर्ब्यसन र नेतृत्व बिकास अभिमुखिकरण

  • जेठ २०, २०८१
  • ५,८३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० जेठः कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतिष्पर्धीहरुलाई लागू औषध दुर्ब्यसन बिरुद्ध र नेतृत्व बिकास सम्बन्धि एक दिवसिय अभिमुखिकरण सम्पन्न भएको छ।

फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित एस।ई।ई।आईडल सिङ्गिङ र डान्सिङ गरि उत्कृष्ट २० प्रतिष्पर्धीहरुलाई युएन सेमिनार हलमा अभिमुखिकरण गराईएको हो।

कोशी प्रदेस प्रहरी इकाई कार्यालय धरानका प्रहरी निरीक्षक राकेश रेग्मिले प्रतिष्पर्धीहरुलाई लागु औषध के हो? लागू औषधमा के के पर्छन? लागू औषधको दल दलमा युवाहरु कसरी फस्छन? भन्ने बारेमा अभिमुखिकरण गराए। प्रहरी निरीक्षक रेग्मिले लागू औषधको कारोबारी र प्रयोगकर्तालाई कस्तो कार्वाही हुन्छ?लागू औषधको न्यूनीकरण कसरी गर्न सकिन्छ?जस्ता बिषयहरुको बारेमा प्रतिष्पर्धीहरुलाई जानकारी गराएका थिए ।

युवा पुस्तालाई लागू औषधको कुलतबाट जोगाउन लागू औषध दुर्ब्यसन सम्बन्धि अभिमुखिकरण राखिएको कार्यक्रम निर्देशक राम लिम्बुले जानकारी दुए।

यसैबिच उत्कृष्ट २० जना प्रतिष्पर्धीहरुलाई नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण समेत गराईएको थियो। नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिव तिर्थ कार्कीले प्रतिष्पर्धीहरुलाई नेतृत्व भनेको के हो? असल नेतृत्वका गुणहरु के के हुन? नेतृत्व शैली कति प्रकारका हुन्छन? नेतृत्व बिकास कसरी गर्ने आदीबारेमा जानकारी गराएका थिए ।

अहिलेको प्रतिष्पर्धात्मक युगमा प्रतिष्पर्धीहरुको क्षमतालाई निखार्न र तिखार्न नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण गराईएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।

अध्यक्ष तुम्वाफोका अनुसार फाइनल प्रतियोगिता असार ७ गते चुम्लुङ हलमा हुनेछ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic