एसईई आईडलका अन्तिम प्रतियोगीहरुलाई खाना शिष्टाचार सम्बन्धि अभिमुखिकरण

  • जेठ २२, २०८१
  • २,०६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ जेठः फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईईआइडल–२०२४ का अन्तिम प्रतियोगीहरुलाइ मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ।

युएन कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराएका थिए ।

आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए।

कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपले प्रतिष्पर्धीहरुलाई सिकाए।
यसैबिच फाईनलिष्टलाई एसईई आईडलका इभेण्ट म्यानेजर तिर्थ कार्कीले प्रभावकारी प्रस्तुतीकरण कसरी गर्ने भन्नेबारे जानकारी दिए। कुनै पनि प्रतिष्पर्धामा प्रतिभा भएर मात्र नहुने र प्रतिभालाई प्रस्तुतीकरणले थप प्रभावकारी बनाउने म्यानेजर कार्कीले बताए।

स्टेजमा गाउदा वा बोल्दा माईक्रो फोनको सही प्रयोग कसरी गर्ने भन्नेबारे प्रतिष्पर्धीहरुलाई कार्कीले जानकारी गराए।
फक्ताङ्लुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले प्रतिष्पर्धीहरुलाई भोट हाल्ने तरिकाका साथै फाईनल प्रतिष्पर्धाका लागि कसरी तयारी गर्ने भन्नेबारे जानकारी गराए।

इभेन्ट निर्देशक राम बहादुर लिम्बुले एसईई आईडलका प्रतिष्पर्धीहरु एकसा एक भएको बताउदै फाईनलमा अझ निखारिएर प्रस्तुत हुन सबैलाई आग्रह गरे। म्युजिक कोअर्डिनेटर बिनायक राईले प्रतिष्पर्धीहरुलाई गायनबारे अभिमुखिकरण गरे।

एसईईआईडलको फाईनलमा गायनतर्फ उत्कृष्ट १० र नृत्यतर्फ १० गरि २० जना पुगेका छन। ग्रान्ड फिनाले आगामी आषाढ–७ गते शुक्रबार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic