एसईई आईडलका अन्तिम प्रतियोगि रबिन्द्र श्रेष्ठलाई नवोदय बोर्डिङमा सम्मान

  • जेठ २७, २०८१
  • ४,६०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेष्ठ ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतियोगि रबिन्द्र श्रेलाई आईतबार एसईई दिएको धरान–१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ।

धरान(१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए।श्रेष्ठ नवोदय स्कुलबाट एसईई दिएका थिए ।

१६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एसईई आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए।रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।

आफुलाइक भोट गर्नको लागि मोबाएलमा khalti apps download वा open गरि voting मा click गरि SEE Idol-2024 मा गएर SEE singing Idol click गरि भोट गर्न सकिने उनले जानकारी गराए।

स्कुलले रबिन्द्र श्रेष्ठलाई जिताउ नामक ब्यानर सहित बाताबरण मिलाई दिए पछि रबिन्द्रलाई यो अवसर जुरेको हो। रबिन्द्रले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

एसईईआईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए।

कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षिका दिब्या सोनाम झाले गरिन।
एसईईआईडलको फाईनल आगामी असार–७ गते शुक्रवार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic