के हो माइग्रेन रु लक्षण र रोकथाम

  • जेठ ३२, २०८१
  • ४३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ जेष्ठ ः माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् ।
मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ ।

लक्षणहरु

के हो माइग्रेन

– टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ ।

– जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ ।

– यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् ।

– माइग्रेन एउटा क्रोनिक ९लामो समयसम्म लागिरहने० रोग हो । जसले गर्दा यसका लक्षण वेलावेलामा बल्झिरहने हुन्छ । माइग्रेन भएपछि यो रोग पूर्ण रूपमा निको हुन लामो समय लाग्न सक्छ ।

– माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ ।

– टाउकोको नसा धड्किरहेको जस्तो हुन्छ । अचानक टाउको एक भागबाट दुख्न सुरु गर्दछ । बिस्तारै टाउकाको पूरै भाग दुख्ने गर्दछ ।

– माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन ।

– माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ ।

– माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् ।

– माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् ।

– यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।

रोकथाम

माइग्रेनको रोकथाम दुई किसिमबाट गर्न सकिन्छ । औषधि सेवन र जीवशैलीमा परिवर्तन । टाउको सहनै नसक्ने गरी दुखेमा डाक्टरको सल्लाह लिनुपर्दछ र कम गर्ने औषधि सेवन गनुपर्दछ ।

त्यसैगरी, शारीरिक व्यायाम गने, धूमपान, मध्यपान नगर्ने, स्वस्थकर खानेकुरा खानेजस्ता सावधानी अपनाएमा माइग्रेनबाट जोगिन सकिन्छ ।

अनिद्राले माइग्रेनलाई असर पुर्याउँछ । लामो समयसम्म टिभी हेर्दा वा स्मार्टफोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ ।

निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic