एसईईआईडलका फाईनलिस्ट डिना र मिक्साम गाउदै नाच्दै भोट माग्दै

  • असार १, २०८१
  • ७६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असारःफक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल(२०२४ की फाईनलिस्ट डिना चोङबाङ र मिक्साम लिम्बुलाई शुक्रबार उनीहरुले एस।ई।ई दिएको धरान(१० स्थित मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ ।

स्कुलका भाईस प्रीन्सिपल मनोज राई, शिक्षक, शिक्षिकालगायतले दुबै जनालाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो। डिनाले नृत्य र मिक्सामले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।

स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि डिना र मिक्सामलाई यो अवसर जुरेको हो। डिनाले नृत्य र मिक्सामले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

स्कुलका भाईस प्रीन्सिपल मनोज राईले धरान मेरील्याण्डबाट एस।ई।ई।दिएका बिद्यार्थीहरु डिना र मिक्साम एसईई आईडलको फाईनलमा पुग्दा खुशी लागेको बताउनु भयो।

डिना र मिक्सामलाई भोट दिएर जिताउन शिक्षक, शिक्षिका लागायत सम्पुर्ण बिद्यालय परिवारको तर्फ बाट सक्दो सहयोग गर्ने भाईस प्रीन्सिपल राईले बताउनु भयो।

एसईई आईडलका कार्यक्रम निर्देशक राम बहादुर लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिनु भयो ।

एसईई आईडलको फाईनल यही असार ७ गते शुक्रवार धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic