एसईईआईडलका फाईनलिस्ट डिना र मिक्साम गाउदै नाच्दै भोट माग्दै

  • असार १, २०८१
  • ७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असारःफक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल(२०२४ की फाईनलिस्ट डिना चोङबाङ र मिक्साम लिम्बुलाई शुक्रबार उनीहरुले एस।ई।ई दिएको धरान(१० स्थित मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ ।

स्कुलका भाईस प्रीन्सिपल मनोज राई, शिक्षक, शिक्षिकालगायतले दुबै जनालाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो। डिनाले नृत्य र मिक्सामले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।

स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि डिना र मिक्सामलाई यो अवसर जुरेको हो। डिनाले नृत्य र मिक्सामले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

स्कुलका भाईस प्रीन्सिपल मनोज राईले धरान मेरील्याण्डबाट एस।ई।ई।दिएका बिद्यार्थीहरु डिना र मिक्साम एसईई आईडलको फाईनलमा पुग्दा खुशी लागेको बताउनु भयो।

डिना र मिक्सामलाई भोट दिएर जिताउन शिक्षक, शिक्षिका लागायत सम्पुर्ण बिद्यालय परिवारको तर्फ बाट सक्दो सहयोग गर्ने भाईस प्रीन्सिपल राईले बताउनु भयो।

एसईई आईडलका कार्यक्रम निर्देशक राम बहादुर लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिनु भयो ।

एसईई आईडलको फाईनल यही असार ७ गते शुक्रवार धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic