एसईई आईडलका फाईनलिस्ट कृति सुब्बा फेवा सेकेन्डरी बोर्डिङ पुग्दा भब्य स्वागत, नृत्य गरि मागिन भोट

  • असार १, २०८१
  • ७१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असार ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्धारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ की फाईनलिस्ट कृति सुब्बा शुक्रबार आफुले एसईई दिएको मोरङको केराबारी गाउपालिका वडा नम्बर–१० स्थित फेवा सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ।

स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष रमेश कुमार लिम्बु भाईस प्रिन्सिपल पुष्प बहादुर हमालले कृतिलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो।

कृतिले नृत्य प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरिन।

स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि कृतिलाई यो अवसर जुरेको हो। कृतिले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

फक्ताङ्लुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिनु भयो।

कार्यक्रमको सन्चालन एसईई आईडलका इभेन्ट म्यानेजर तिर्थ कार्कीले गर्नुभयो।।

एसईई आईडलको फाईनल यही असार–७ गते शुक्रवार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic