एसईई आईडलका फाईनलिस्ट कृति सुब्बा फेवा सेकेन्डरी बोर्डिङ पुग्दा भब्य स्वागत, नृत्य गरि मागिन भोट

  • असार १, २०८१
  • ७४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असार ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्धारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ की फाईनलिस्ट कृति सुब्बा शुक्रबार आफुले एसईई दिएको मोरङको केराबारी गाउपालिका वडा नम्बर–१० स्थित फेवा सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ।

स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष रमेश कुमार लिम्बु भाईस प्रिन्सिपल पुष्प बहादुर हमालले कृतिलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो।

कृतिले नृत्य प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरिन।

स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि कृतिलाई यो अवसर जुरेको हो। कृतिले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

फक्ताङ्लुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिनु भयो।

कार्यक्रमको सन्चालन एसईई आईडलका इभेन्ट म्यानेजर तिर्थ कार्कीले गर्नुभयो।।

एसईई आईडलको फाईनल यही असार–७ गते शुक्रवार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic