युनाईटेड गोर्खा एकेडेमीद्धारा एसईइ खुल्ला भलिवल प्रतियोगिता

  • असार ६, २०८१
  • ३,३९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६असार ः युनाईटेड एकेडेमी धरान–१५ ले छात्र तथा छात्रा खुल्ला भलिवल प्रतियोगितको आयोजना गर्ने भएको छ ।

एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती र खेल क्षेत्रमा प्रोत्साहन गनृको लागि सो प्रतियोगिता आयोजना गर्न लागेको आयोजनले जनाएको छ ।

आयोजकले दिएको जानकारीअ अनुसार प्रतियोगितामा छात्र तथा छात्रा गरी ८ टिम सहभागी भएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा युनाईटेड गोर्खा एकेडेमी,धरान आर्दश धरान,ज्ञान दर्पण एकेडेमी तरहरा,सरस्वति मा.वि.पानवारी, हिमशिखर वोडिङ स्कुल,विश्व आर्दश मा.वि.इटहरी, पूवाञ्चल वोडिङ स्कुल तरहराको टिम रहेको छ ।

प्रतियोगितामा छात्रतर्फ ४ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ ।

आयोजकले दिएको जानकारी प्रतियोगितामा प्रथम हुने छात्र र छात्रा दुवै टिमले १० हजार नगद ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५÷५ हजार नगद ट्रफि मेडल प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

भलिवल खेलको लागि निकै चर्चित युनाईटेड स्कुल शैक्षिक क्षेत्रमा पनि निकै अव्वल मानिन्छ । जहा महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डाक्टर टंक न्यौपानेले प्लस टु इन्चार्जको भूमिका निर्वाह गरीरहनु भएको छ । युनाईटेड गोर्खा एकेडेमीमा हाल व्यवस्थापन संकायमा कक्षा ११ र १२ हुने गरेको छ ।

विद्यार्थीहरुको शारीरीक तन्दुरुस्ती गराउनको लागि प्रतियोगिताको आयोजना गरीन लागेको एकेडेमीका प्रिन्सिपल पेम्वा शेर्पाले जानकारी दिएकाछन् ।

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic