एईई परिक्षामा विष्णु मेमोरियल माध्यमिक विद्यालयको ऐतिहासिक नतिजा

  • असार १४, २०८१
  • १,५१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असार ः विष्णु मेमोरीयल स्कुलले एसईई परिक्षा २०८० सालको नतिजार्मा ऐतिहासिक नतिजा ल्याउन सफल वनेको छ ।

विष्णु स्कुलले ऐतिहासिक रुपमा पहिलोपल्ट विद्यालयबाट एकजना परीक्षार्थीले ४ जीपीए ल सहित शतप्रतिशत नतिजा ल्याउदै ऐतिहासिक नतिजा ल्याउन सफल भएको हो ।

देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा विष्णुका एकजना छात्राले दुर्लभ नतिजा ल्याई स्कुलमा नयाँ रेकर्ड गरेको स्कुलले जनाएको छ ।

स्कुलले २०८० सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी भएकी गृष्मा लुइटेलले ४ जीपीए नतिजा ल्याउन सफल भएकी हुन् ।

१४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४।०० जीपीए (ए प्लस) सहित ९० जना, ३दशमलव२१–३।६ जीपीए ए सहित ४५ जना र २।८१–३।२ जीपीए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै आएको विष्णु स्कुल यस वर्ष भने इतिहासमै अहिलेसम्मकै उत्कृष्ट हो ।

आफूहरुले ए प्लसको अपेक्षा गरेको वताउदै देशभरमा समेट्ने गरी एकजना छात्राले ४ जीपीए नतिजा निकाल्न सफल भइन हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।

२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा यो इतिहासमै पहिलोपल्ट उत्कृष्ट नतिजा भएको संस्थापक अध्यक्ष वेनिन्द्र कटुवालले जानकारी दिए ।

यो इतिहासमै सर्वोत्कृष्ट नतिजाका रुपमा लिएका छौं ।’ उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।

विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल हो । ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि।सं। २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ ।
धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ ।

२०६५ सालमा प्लस टुको अध्ययन(अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन ।
नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार मुलुकमा सञ्चालित निजी शिक्षण संस्थाहरुमध्ये ११ औं स्थानमा पर्न सफल भएको छ ।

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic