एईई परिक्षामा विष्णु मेमोरियल माध्यमिक विद्यालयको ऐतिहासिक नतिजा

  • असार १४, २०८१
  • १,६११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असार ः विष्णु मेमोरीयल स्कुलले एसईई परिक्षा २०८० सालको नतिजार्मा ऐतिहासिक नतिजा ल्याउन सफल वनेको छ ।

विष्णु स्कुलले ऐतिहासिक रुपमा पहिलोपल्ट विद्यालयबाट एकजना परीक्षार्थीले ४ जीपीए ल सहित शतप्रतिशत नतिजा ल्याउदै ऐतिहासिक नतिजा ल्याउन सफल भएको हो ।

देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा विष्णुका एकजना छात्राले दुर्लभ नतिजा ल्याई स्कुलमा नयाँ रेकर्ड गरेको स्कुलले जनाएको छ ।

स्कुलले २०८० सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी भएकी गृष्मा लुइटेलले ४ जीपीए नतिजा ल्याउन सफल भएकी हुन् ।

१४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४।०० जीपीए (ए प्लस) सहित ९० जना, ३दशमलव२१–३।६ जीपीए ए सहित ४५ जना र २।८१–३।२ जीपीए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै आएको विष्णु स्कुल यस वर्ष भने इतिहासमै अहिलेसम्मकै उत्कृष्ट हो ।

आफूहरुले ए प्लसको अपेक्षा गरेको वताउदै देशभरमा समेट्ने गरी एकजना छात्राले ४ जीपीए नतिजा निकाल्न सफल भइन हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।

२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा यो इतिहासमै पहिलोपल्ट उत्कृष्ट नतिजा भएको संस्थापक अध्यक्ष वेनिन्द्र कटुवालले जानकारी दिए ।

यो इतिहासमै सर्वोत्कृष्ट नतिजाका रुपमा लिएका छौं ।’ उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।

विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल हो । ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि।सं। २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ ।
धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ ।

२०६५ सालमा प्लस टुको अध्ययन(अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन ।
नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार मुलुकमा सञ्चालित निजी शिक्षण संस्थाहरुमध्ये ११ औं स्थानमा पर्न सफल भएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic