सतप्रतिशत उतीर्ण गर्ने २२ जना विद्यार्थीलाई सुनाखरीद्धारा सम्मान

  • असार १७, २०८१
  • ३,११८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असार ः फलामे गेटको रुपम रहेको एसईई परिक्षामा शतप्रतिशत नजिता सहिति उर्तिण विद्यार्थीहरुलाई सुनाखरी एकाडेमी स्कुलले आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ ।

विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्नको लागि स्कुलले सम्पुर्ण विद्यार्थीहरु सहित शिक्षक र शिक्षिकाले खादा लगाएर सम्मान गरेको प्रिन्सिपल मिलन कुमार राईले बताउनु भयो ।

प्रिन्सिपल राईका अनुसार यो वर्षको एसईई परीक्षामा २२ जना विद्यार्थीले परीक्षा दिएका थिए भने सवै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर उतीर्ण भएका छन् ।

ए प्लस्, २ जना, १४ जनाले ए र ६ जनाले बी ग्रेडमा उतीर्ण भएका हुन् । गत बर्ष पनि सुनाखरीले सत प्रतिशत नै नतिजा ल्याउन सफल भएको थियो ।

यो वर्षको ब्याज १४ औं ब्याज हो भने २०४५ सालमा सुनाखरी स्कुल स्थापना भएको हो ।

प्रिन्सिपल राईले दिएको जानकारी अनुसार अभिभावक दिवस कार्यक्रममा ए प्लस ल्याउने बिद्यार्थीलाई नगद सहित सम्मान गर्ने पनि बताइएको छ ।

सुनाखरीमा कक्षा ११ र १२ मा कम्प्युटर, कम्प्युटर साइन्स, होटल मेनेजमेन्ट विषय पढाई हुने गरेको छ ।

स्कुलले उत्कृष्ट सहित सत प्रतिशत नतिजा ल्याउन सफल वन्नुमा विद्यार्थी,अभिभावक र शिक्षक सबैका महत्वपुर्ण भुमिका रहकाले सफलता मिलेको प्रन्सिपल राईको भनाई छ ।

पढाईमा मात्र नभएर अन्य कृयाकलापमा समेत सुनाखरी अव्वल रहेको छ । हरेक प्रतियोगिताहरुमा सहभागी भएर विजेता वन्नु सुनाखरीको विशेषता नै वन्ने गरेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic