सुनाखरीकी छात्रा वर्षा कराते च्याम्पियनसिपमा भाग लिन भुटान प्रस्थान

  • असार २२, २०८१
  • २,०८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २२ असारः सुनाखरी एकेडेमी धरान–१२ले छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन बिहिवार भुटान प्रस्थान गरेकीछिन् ।

स्कुलले एक कार्यक्रमकावीच बर्षालाई बिदाई गरेको थियो ।

स्कुलका प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई र प्लस टु कोअर्डिनेटर टप कुमार राईले अबिर खदा लगाएर जितको शुभकामना दिदै बर्षालाई बिदाई गरेका थिए ।

स्कुलले दिएको जानकारी अनुसार बर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौमा भएको ५६ औ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन।

आगामी जुलाई १३ देखि २० गते सम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ।

बर्षाले सुनाखरी एकेडेमी बाटै २०८० को एईई दिएर कक्षा–११ मा अध्ययनका लागि प्रबेश परीक्षा दिई सकेकी छिन। करातेमा अब्बल बर्षालाई सुनाखरीले प्लस टु अध्ययनका लागि बिशेष सुबिधा प्रदान गर्ने प्रिन्सिपल राईले जानकारी दिए।

प्रबेश परीक्षा सम्पन्न

यसैबीच सुनाखरी एकेडेमीले एसईई उत्तीर्ण गरि कक्षा–११ मा अध्ययन गर्नका लागी बिहिवार नै प्रबेश परीक्षा लिएको छ।

SUNAKHARI NE3WWS PHOTO = 2 प्रिन्सिपल राईले प्रबेश परीक्षामा बिद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको बताउदै ठिक्क संख्यामा बिद्यार्थी राख्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने उल्लेख गर्नुभयो ।

सुनाखरी एकेडेमीमा प्लस टु तर्फ होटलमेनेजमेन्ट र कम्प्युटर साइन्स पढाई हुने गरेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic