धरानको सुनाखरी एकेडेमीले एसईईपछि कक्षा(११ अध्ययन गर्न आएका विद्यार्थीलाई अभिमुखीकरण

  • असार २७, २०८१
  • १४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८असारः सुनाखरी एकेडेमी धरानले कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीले गोरखा होटलमा अभिमुखीकरण कार्यक्रम सप्पन्न गरेको हो ।

गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन सक्षम रहेको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले दावी गरेकाछन् ।

धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंकबहादुर राईले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गरे ।

एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एवम पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था भएको बताउँदै नव आगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिए ।

एकेडेमीका प्लस टु कोअर्डिनेटर टपकुमार राईले सुनाखरीले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिँदै आएकोले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।प्राइम भिजन कलेजका सिईओ अभिषेक श्रेष्ठले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई अभिमुखीकरण प्रस्तुत गरे ।

कक्षा–१२ का विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरे। एकेडेमीका निर्देशक प्रदीप राईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य किशोर सम्वाहाम्फे, प्राइम भिजन कलेजका प्रबन्ध निर्देशक, करातेका प्रशिक्षक किरण लामा शिक्षक–शिक्षिका लगायतको उपस्थिति थियो ।

सुनाखरीले भीडलाई भन्दा गुणस्तरलाई आफ्नो मिसन वनाउदै आएको छ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic