स्थापना दिवसका अवसरमा हात्तिसार क्याम्पसद्धारा वृक्षारोपण

  • असार ३१, २०८१
  • २,४७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असारः त्रिभुवन विश्वविद्यालयको ६५ औ स्थापना दिवसका अवसरमा केन्द्रीय प्रविधि क्याम्पस धरानले सोमवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकोछ।

विश्व विद्यालयले स्थापनाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन दिएको निर्देशन अनुसार धरानमा वृक्षारोपण गरीएको हो ।

क्याम्पसका कर्मचारी संघका सभापति महेश कोइरालाले कार्यक्रममा टीक, खयर, जामुन, सिरिस, लगायत विभिन्न प्रजातिका २सय थान विरुवा रोपिएको जानकारी दिनुभयो ।

यस अघि पनि विभिन्न कार्यक्रमहरुको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएकोमा लगभग ३०० भन्दा बढी विरुवाहरु हुर्किइ सकेका र आगामी दिनमा यो कार्य लाई निरन्तरता दिदै क्याम्पसको सबै खाली जग्गामा वृक्षारोपण गर्ने लक्ष रहेको कुरा सभापति कोइरालाले जानकारी दिनुभयो ।

सोमवारको वृक्षारोपण कार्यक्रम सहायक क्याम्पस प्रमुख सह प्राध्यापक वविता अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसहरु सोमवार सार्वजनिक विदा दिएको थियो ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic