धरान उच्चमा विद्यार्थीहरुलाई अभिमुखिकरण

  • साउन ४, २०८१
  • २,१६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउनः धरान सेकेण्डरी स्कुल (धरान उच्च) ले कक्षा ११ मा नया भर्ना भएका
विद्यार्थीहरुलाई अभिमुखिकरण सम्पन्न गरेको छ ।

धरान उच्चले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई भविष्य निर्माणको लागि अभिमुखिकरण सम्पन्न गरेको हो ।

कुन विषय पढदा भविष्यमा के हुने भविष्यको लक्ष्य के वनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो ।

नया भर्ना भएका विद्यार्थीहरुलाइ नया भविष्य निर्माणको वाटो लक्ष्य उदेश्य र आगामी दिनमा कसरी आफ्नो सुनौलो भविष्य वनाउने भन्ने लगायतका विषयहरुमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल ताराबहादुर निरौलाले वताउनु भयो ।

कार्यक्रममा १ सय जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

कार्यक्रममा धरान उच्चका पूर्व निर्देशक फाउण्डर प्रिन्सिपल लड्डुप्रसाद शाही, प्रिन्सिपल हेमचन्द्र अधिकारी लगायतले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि थप सहज होस भन्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरीएको सहायक प्रिन्सिपल अशोक लिम्वुले वताउनु भयो ।

डिसिएम हलमा संचालन भएको सो कार्यक्रम शिक्षक महेन्द्र गोले र संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक सुरेश घिमिरेले गर्नुभएको थियाृे ।

धरान उच्चका अध्यक्ष शिवनारायण साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैवीच विहिवार विज्ञान संकायका विद्यार्थीहरुलाई पनि अभिमुखीकरण कार्यक्रम गरीएको थियो ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic