विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले सेमिनारबाट लिए जानकारी

  • साउन ५, २०८१
  • ३,०३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराईएको थियो ।

प्रालिले साउन शुक्रवार आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको सम्पन्न गराएको हो ।

सेमिनारबाट अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी,अभिभावकहरुले जानकारी दिएको आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अभिभावकहरुले सम्वन्धित कलेजका प्रतिनिधिबाट प्रत्यक्ष जानकारी हासिल गरेको घिमिरेले वताउनुभयो ।

सेमिनारमा धरान लगायतका विभिन्न क्षेत्रका ३ सय जनाले सेमिनारबाट प्रत्यक्ष लाभ लिएको घिमिरेको भनाई रहेको छ ।

आफूलाई जानकारी नहुदा विभिन्न किसिमका अन्यौलताहरु विद्यार्थीहरु र अभिभावकहरुमा हुने गरेको हुदा त्यसलाई निराकरणको लागि सेमिनारको आयोजना गरीएको घिमिरेको भनाई रहेको छ ।

सेमिनारबाट विदेशी विश्व विद्यालयमा अध्ययनको लागि पढन र पढाउन पठाउने विषयमा सम्पूण जानकारी प्राप्त गरेको अभिभावकहरुको भनाई रहेको छ ।

आफ्ना छोरा छोरीहरु विदेशमा कसरी पढछन र कस्तो अवस्था हुन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न पाएकोमा आफूलाई खुशी लागेको सेमिनारमा सहभागी गोपाल थापाले वताउनु भयो ।

सेमिनारबाट धेरै कुराको जिज्ञासाको समाधान भएको पनि उहाको भनाई रहेको छ ।

सुमेधामा विदेशका विभिन्न देशहरुमा अध्ययन गर्न जानको लागि पराशर्म साथै आयल्स पढनको लागि समेत सुविधा रहेको छ । विदेश अध्ययनको लागि विश्वास र भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा सुमेधा रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic