कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान

  • साउन ८, २०८१
  • १,७७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ साउनः
धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ ।कांग्रेसले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो ।

धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ ।

अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ ।

नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको बताएका छन् । उनले यस्ता अभियानले जनताको मन जित्ने हुंदा अभियानको पूर्ण सफलताको कामना समेत गरेका थिए ।

अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले यो अभियान जनप्रिय र प्रभावकारी भएकाले यस वर्ष पनि धरानका टोल वस्तीहरुका लागि पुनः अभियान सञ्चालन गरिएको बताए ।

यस अभियान मार्फत जनताको घरघरमा पुगिने हुंदा जनतासंग साक्षात्कार भई पार्टी र जनता वीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि समेत हुने हुंदा आम जनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकरात्मक प्रभाव पर्ने सभापति तामाङले बताए ।

क्षेत्रीय सभापति तामाङका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा अभियान सञ्चालन गरिने भएको छ ।

घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले अभियान रचनात्मक र प्रशंसा गर्न लायक भएको बताउंदै अभियानलाई रुचाउनुका साथै नेपाली कांग्रेसलाई धन्यवाद प्रकट गरेका छन् ।

नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।

अभियानमा डेङ्गु विरामीलाई औषधि वितरण गरिनुका साथै न्यूनतम् एक घर एक विरुवा वितरण गरेर ग्रीन धरान बनाउने र सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरेर क्लीन धरान बनाउने कार्य भईरहेको उनले बताए । अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic