कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान

  • साउन ८, २०८१
  • १,६७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ साउनः
धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ ।कांग्रेसले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो ।

धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ ।

अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ ।

नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको बताएका छन् । उनले यस्ता अभियानले जनताको मन जित्ने हुंदा अभियानको पूर्ण सफलताको कामना समेत गरेका थिए ।

अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले यो अभियान जनप्रिय र प्रभावकारी भएकाले यस वर्ष पनि धरानका टोल वस्तीहरुका लागि पुनः अभियान सञ्चालन गरिएको बताए ।

यस अभियान मार्फत जनताको घरघरमा पुगिने हुंदा जनतासंग साक्षात्कार भई पार्टी र जनता वीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि समेत हुने हुंदा आम जनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकरात्मक प्रभाव पर्ने सभापति तामाङले बताए ।

क्षेत्रीय सभापति तामाङका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा अभियान सञ्चालन गरिने भएको छ ।

घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले अभियान रचनात्मक र प्रशंसा गर्न लायक भएको बताउंदै अभियानलाई रुचाउनुका साथै नेपाली कांग्रेसलाई धन्यवाद प्रकट गरेका छन् ।

नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।

अभियानमा डेङ्गु विरामीलाई औषधि वितरण गरिनुका साथै न्यूनतम् एक घर एक विरुवा वितरण गरेर ग्रीन धरान बनाउने र सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरेर क्लीन धरान बनाउने कार्य भईरहेको उनले बताए । अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic