खानेपानिको महशुल वृद्धि बिरुद्ध १० राजनैतिक दलको आन्दोलनको घोषणा

  • साउन १५, २०८१
  • ७,५७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५साउनः धरान खानेपानी वोर्डले अत्याधिक रुपमा गरेको खानेपानी महशुल वृद्धि विरुद्ध धरानमा क्रियाशिल रहेका राजनैतिक दलले चरणवद्ध आन्दोलनको घोषणा गरेकाछन् ।

महशुल वृद्धि फिर्ता गर्न दिएको ७२ घन्टे आल्टिमेटमलाई धरान खानेपानी बोर्डले बेवास्ता गरेपछि १० राजनीतिक दलहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन ।

दश राजनीतिक दलहरुले मङलबार सयुक्तरुपमा सार्वजनिक बिज्ञप्ति प्रकाशित गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकाछन् ।

घोषित कार्यक्रम अन्तर्गगत साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने , १८ गते सबै वडा कार्यालयहरुमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना कार्यक्रम गर्ने चरणबद्ध आन्दोलनको घोषणा गरेका छ्न ।

धरान नगरपालिकाका नगर प्रमुख समेत रहेका धरानं खानेपानी व्यवस्थापन बोर्डका स्वघोषित अध्यक्ष हर्कराज राईको एकल निर्णयले मनोमानी ढगबाट भएको खानेपानी महशुल वृद्धि गरिएको विरुद्धमा धरानका जिम्मेवार १० राजनितिक दलहरुले गत ११ गते खानेपानी बोर्डमा ७२ घण्टे अल्टिमेटम दिदै पानीको महशुल पुरानै दरमा कायम गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बिज्ञप्तिमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

राजनीतिक दलहरुले खानेपानी महशुल पुरानै मुल्य कायम हुनुपर्ने माग गरेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic