खानेपानिको महशुल वृद्धि बिरुद्ध १० राजनैतिक दलको आन्दोलनको घोषणा

  • साउन १५, २०८१
  • ७,४५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५साउनः धरान खानेपानी वोर्डले अत्याधिक रुपमा गरेको खानेपानी महशुल वृद्धि विरुद्ध धरानमा क्रियाशिल रहेका राजनैतिक दलले चरणवद्ध आन्दोलनको घोषणा गरेकाछन् ।

महशुल वृद्धि फिर्ता गर्न दिएको ७२ घन्टे आल्टिमेटमलाई धरान खानेपानी बोर्डले बेवास्ता गरेपछि १० राजनीतिक दलहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन ।

दश राजनीतिक दलहरुले मङलबार सयुक्तरुपमा सार्वजनिक बिज्ञप्ति प्रकाशित गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकाछन् ।

घोषित कार्यक्रम अन्तर्गगत साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने , १८ गते सबै वडा कार्यालयहरुमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना कार्यक्रम गर्ने चरणबद्ध आन्दोलनको घोषणा गरेका छ्न ।

धरान नगरपालिकाका नगर प्रमुख समेत रहेका धरानं खानेपानी व्यवस्थापन बोर्डका स्वघोषित अध्यक्ष हर्कराज राईको एकल निर्णयले मनोमानी ढगबाट भएको खानेपानी महशुल वृद्धि गरिएको विरुद्धमा धरानका जिम्मेवार १० राजनितिक दलहरुले गत ११ गते खानेपानी बोर्डमा ७२ घण्टे अल्टिमेटम दिदै पानीको महशुल पुरानै दरमा कायम गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बिज्ञप्तिमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

राजनीतिक दलहरुले खानेपानी महशुल पुरानै मुल्य कायम हुनुपर्ने माग गरेकाछन् ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic