युएन नबोदय कलेजको पढ्दै कमाउदै शिक्षाप्रति प्रदेस अर्थ मन्त्रीको प्रशंसा

  • साउन १७, २०८१
  • ३,८९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१७ श्रावण:  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले युएन नबोदय कलेज धरानले संचालन गरेको पढ्दै कमाउदै शिक्षाप्रती चासो व्यक्त गरेका छन 

बिहिबार कलेजको भ्रमणका क्रममा युएनले नै संचालन गरेको युएन केक एन्ड बारिष्टाको अवलोकन गर्दै मन्त्री राना मगरले उक्त चासो ब्यक्त गरेका हुन।

क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बिएच एममा युएनका बिद्यार्थीले प्रदेसकै टप देखि नेपालमै दोश्रो स्थानसम्म ल्याउन सफल भएको मन्त्री राना मगरलाई जानकारी गराएका थिए ।

क्याम्पस प्रमुख तुम्बापोले होटल म्यानेजमेन्टका बिद्यार्थीलाई पढ्दै कमाउदै गर्न सजिलो होस र प्राक्टिकल गर्न समेत अझ सहज होस भन्ने उद्येश्यले युएन केक एन्ड बारिष्टा सन्चालनमा ल्याएको मन्त्रीलाई जानकारी गराएका थिए ।

युएन केक एन्ड बारिष्टाको अवलोकन पछि मन्त्री राना मगरले हाम्रो देशमा सैद्धान्तिक  भन्दा ब्यबहारिक शिक्षा नै बढी उपयोगी हुने यो ज्वलन्त उदाहरण भएको बताए।

केक र कफी मेशिन देखाउदै मन्त्री राना मगरले कसरी बन्छ भनेर बिद्यार्थीहरुसङ्ग जिज्ञासा राखेका थिए। बिद्यार्थीहरुले केक र कफी बनाउने तरिका बारे मन्त्रीलाई जानकारी गराएका थिए ।

पढ्दै कमाउदै गर्न पाईन्छ भनेर नेपाली विद्यार्थी बिदेस जान्छन तर यसरी आफ्नै देशमा पढ्दै कमाउदै गर्न सक्ने बाताबरण सबैतिर बनाउन सके बिद्यार्थीहरु अध्ययन र रोजगारीका लागि बिदेसिनु नपर्ने मन्त्री राना मगरले बताए।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले युएन नबोदय होटल म्यानेजमेन्टमा ब्रान्ड कलेज भएको बताउदै प्राक्टिकल, किचन ल्याब, हाउस किपिङ, हस्पिटालिटि आदीको बारेमा मन्त्रीलाई जानकारी गराए।कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बुले अवलोकन कार्यक्रमको सहजीकरण गरेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic