हिविसकस स्कुल कक्षा १२ मा कानुन संकायमा शतप्रतिशत नतिजा ल्याउन सफल

  • साउन १८, २०८१
  • ५,०१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८साउनः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले लिएको कक्षा १२ को परिक्षामा हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले शत प्रतिशत नतिजा ल्याउृन सफल भएको छ ।

शुक्रवार वोर्डले प्रकाशित गरेको परिक्षाफलमा हिविसकसले शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

स्कुलमा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष हेमन सुनुवार जानकारी दिनुभयो ।

एक जना विद्यार्थीले ए (३.३३) जिपिए, वि प्लस(२.९४) वि (२.८०) जिपिए ल्याएको ुसुनुवारले वताउनु भयो ।

कानुन संकायमा कक्षा १२ को धरान कै पहिलो व्याजको रुपमा हिविसकसका विद्यार्थीहरु परिणाम ल्याउन सफल भएको स्कुलको दावी रहेको छ ।

स्कुलका विद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा आफूलाई गर्व लागेको अध्यक्ष सुनुवारले वताउनुभयो ।

कानुन संकायका विद्यार्थीहरु कक्षा १२ को परिक्षा दिए लगत्तै विराटनगरका विभिन्न कानुनी सेवा (ल फर्म)मा काम गर्दै स्वरोजगार भई आयआर्जन समेत गर्न थालेको समेत सुनुवारले जानकारी दिनुभयो ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic