युएन कलेजमा विएचएमका विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर नै अवसर

  • साउन २१, २०८१
  • ३,०९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१साउनः युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम)मा पढने विद्यार्थीहरुको लागि छात्रवृत्तीको अवसर नै अवसर दिने लागेको छ ।

कलेजले विएचएममा अध्ययन गर्ने विद्यार्थीहरुलाई भर्नामा छात्रवृत्तिको अवसर नै अवसर प्रदान गर्ने भएको हो ।

कलेजले दिएको जानकारी अनुसार कक्षा १२ को वार्षिक परिक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुलाई विएचएमको पहिलो सेमेस्टरमा ५० हजारको छात्रवृत्ति प्रदान गरीने भएको छ ।

विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त छात्रवृत्तिको व्यवस्था गरीएको कलेजका प्रमुख डम्वर कुमार तुम्वापोले वताउनु भयो ।

त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त युएन कलेजको विएचएम पहिलो सेमेस्टरमा ३३ जनाको मात्र कोटा रहेको क्याम्पस प्रमुख तुम्वापोले जानकारी दिनुभयो ।

तुम्वापोका अनुसार त्रिविले नै कोटा तोक्ने र सिम्याटको परीक्षा उर्तीण गर्नेले मात्र विएचएम पढन पाउने व्यवस्था रहेको छ ।

विएचएम ४ वर्षे अर्थात ८ सेमेष्टरको कोर्ष हो जहाँ ३ वर्षसम्म हप्तामा २ दिन अनिवार्य प्राक्टिकल र वाकी दिन सैद्धान्तिक विषय पढाई हुने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिनुभयो ।

चौथो वर्षमा पढदै कमाउदै गर्न सक्नेस गरी विदेशका पाचतारे होटलहरुमा इन्टर्नका लागि पढाइने गरेको र सो समयमा विद्यार्थीहरुले पढाईमा लागेको खर्च भन्दा दोव्वर कमाउने गरेको तुम्वापोको भनाई रहेको छ ।

कलेजमा विएचएम पढने विद्यार्थीहरु अष्ट्रेलिया,अमेरीका,क्यानडा,सिंगापुर,दुवई लगायतका देशहरुमा रोजगार हुनुका साथै कतिपय युरोपिएन देशहरुमा आफैले होटल व्यवसाय संचालन गरेर वसेको तुम्वापोले वताउनु भयो ।

होटल मेनेजमेन्ट नेपालमा मात्र नभएर विश्व वजारमा नै प्रतिष्पर्धा गर्न सक्ने र स्वरोजगारमुखि विषय मानिन्छ ।

डिएचएम र एडिएचएमको भ्रममा नपर्न अभिभावक र विद्यार्थीलाई तुम्वापोको सुझाव

क्याम्पस प्रमुख डम्वर कुमार तुम्वापोले विभिन्न ठाउमा संचालित डिप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम) र एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडिएचएम) भ्रममा नपर्न अभिभावक र विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

युएन कलेजमा एडिएचएम र डिएचएम गरेका विद्यार्थीहरु विएचएम पढनको लागि जानकारी लिन आउदा विद्यार्थीहरु र अभिभावक भ्रममा परेको आफूलाई जानकारी हुन आएको तुम्बापोको भनाई रहेको छ ।

कतिपय कलेजले एडिएचएम र डिएचएम विषयलाई कलेजको रुपमा पढाउने गरेको भएता पनि ती कोर्षहरु तालिम केन्द्रले दिने सिपमुलक तालिम जस्तो मात्र भएको क्याम्पस प्रमु्ख तुम्बापोको भनाई रहेको छ ।

सिपमुलक तालिमलाई एकेडेमिक पढाईको रुपमा नवुझ्न अभिभावक र विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

एडिएचएम र डिएचएम पढेका विद्यार्थीहरुले नेपालको कुनैपनि विश्व विद्यालयमा व्याचलर लेभलमा अध्ययन गर्न नपाउने त्रिभुवन विश्व विद्यालयका पूर्व डिपुटी कन्ट्रोलर एवम् प्राध्यापक दावा शेर्पाले वताउनु भयो ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic