युएन कलेजमा विएचएमका विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर नै अवसर

  • साउन २१, २०८१
  • ३,०७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१साउनः युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम)मा पढने विद्यार्थीहरुको लागि छात्रवृत्तीको अवसर नै अवसर दिने लागेको छ ।

कलेजले विएचएममा अध्ययन गर्ने विद्यार्थीहरुलाई भर्नामा छात्रवृत्तिको अवसर नै अवसर प्रदान गर्ने भएको हो ।

कलेजले दिएको जानकारी अनुसार कक्षा १२ को वार्षिक परिक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुलाई विएचएमको पहिलो सेमेस्टरमा ५० हजारको छात्रवृत्ति प्रदान गरीने भएको छ ।

विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त छात्रवृत्तिको व्यवस्था गरीएको कलेजका प्रमुख डम्वर कुमार तुम्वापोले वताउनु भयो ।

त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त युएन कलेजको विएचएम पहिलो सेमेस्टरमा ३३ जनाको मात्र कोटा रहेको क्याम्पस प्रमुख तुम्वापोले जानकारी दिनुभयो ।

तुम्वापोका अनुसार त्रिविले नै कोटा तोक्ने र सिम्याटको परीक्षा उर्तीण गर्नेले मात्र विएचएम पढन पाउने व्यवस्था रहेको छ ।

विएचएम ४ वर्षे अर्थात ८ सेमेष्टरको कोर्ष हो जहाँ ३ वर्षसम्म हप्तामा २ दिन अनिवार्य प्राक्टिकल र वाकी दिन सैद्धान्तिक विषय पढाई हुने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिनुभयो ।

चौथो वर्षमा पढदै कमाउदै गर्न सक्नेस गरी विदेशका पाचतारे होटलहरुमा इन्टर्नका लागि पढाइने गरेको र सो समयमा विद्यार्थीहरुले पढाईमा लागेको खर्च भन्दा दोव्वर कमाउने गरेको तुम्वापोको भनाई रहेको छ ।

कलेजमा विएचएम पढने विद्यार्थीहरु अष्ट्रेलिया,अमेरीका,क्यानडा,सिंगापुर,दुवई लगायतका देशहरुमा रोजगार हुनुका साथै कतिपय युरोपिएन देशहरुमा आफैले होटल व्यवसाय संचालन गरेर वसेको तुम्वापोले वताउनु भयो ।

होटल मेनेजमेन्ट नेपालमा मात्र नभएर विश्व वजारमा नै प्रतिष्पर्धा गर्न सक्ने र स्वरोजगारमुखि विषय मानिन्छ ।

डिएचएम र एडिएचएमको भ्रममा नपर्न अभिभावक र विद्यार्थीलाई तुम्वापोको सुझाव

क्याम्पस प्रमुख डम्वर कुमार तुम्वापोले विभिन्न ठाउमा संचालित डिप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम) र एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडिएचएम) भ्रममा नपर्न अभिभावक र विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

युएन कलेजमा एडिएचएम र डिएचएम गरेका विद्यार्थीहरु विएचएम पढनको लागि जानकारी लिन आउदा विद्यार्थीहरु र अभिभावक भ्रममा परेको आफूलाई जानकारी हुन आएको तुम्बापोको भनाई रहेको छ ।

कतिपय कलेजले एडिएचएम र डिएचएम विषयलाई कलेजको रुपमा पढाउने गरेको भएता पनि ती कोर्षहरु तालिम केन्द्रले दिने सिपमुलक तालिम जस्तो मात्र भएको क्याम्पस प्रमु्ख तुम्बापोको भनाई रहेको छ ।

सिपमुलक तालिमलाई एकेडेमिक पढाईको रुपमा नवुझ्न अभिभावक र विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

एडिएचएम र डिएचएम पढेका विद्यार्थीहरुले नेपालको कुनैपनि विश्व विद्यालयमा व्याचलर लेभलमा अध्ययन गर्न नपाउने त्रिभुवन विश्व विद्यालयका पूर्व डिपुटी कन्ट्रोलर एवम् प्राध्यापक दावा शेर्पाले वताउनु भयो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic