मेरीना श्रेष्ठ धरान प्रथम भएको युएन कलेजको दावी

  • साउन २३, २०८१
  • ८,२१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ साउनः राष्ट्रिय परिक्षा वोर्डद्धारा प्रकाशित कक्षा १२ को वार्षिक परिक्षाको नतिजा अनुसार आफ्नो विद्यार्थी धरान प्रथम भएको युएन नवोदय कलेज धरान–१६ले दावी गरेको छ ।

आफ्नो कलेजबाट व्यवस्थापन संकायबाट कक्षा–१२ को परिक्षा दिएकी मेरीना श्रेष्ठले ३ दशमल ८१ जिपिए नतिजा सहित धरान प्रथम भएको भन्दै कलेजले दावी गरेको हो ।

हालसम्म कसैले पनि यतिको संख्यामा नतिता सार्वजनिक नगरेकोले आफ्नो विद्यार्थी धरान कै उत्कृष्ट भएको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले वताउनु भएको छ ।

उहाँले भन्नुभयो– अहिलेसम्म हाम्रो विद्यार्थीको भन्दा कसैको पनि वढी अंकको नतिजा प्रकाशन भएको नदेखिएकोले हाम्रो कलेजको विद्यार्थी श्रेष्ठ नै उत्कृष्ट हो भन्ने हाम्रो दावी हो ।

मेरीना पढाई मात्र नभएर जेहेन्दार र अनुशासित विद्यार्थी समेत भएको क्याम्पस प्रमुख तुम्वापाको भनाई रहेको छ ।

होटल म्यानेजमेन्ट विषयमा नेपाल मै उत्कष्ट नतिजा ल्याएर व्राण्ड वन्न सफल युएन कलेज व्यवस्थापन संकायमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल वनेकोमा आफूलाई खुशी लागेको क्याम्पस प्रमुख तुम्वापोले वताउनु भयो ।

उत्कृष्ट नतिजाका लागि आफूहरु सधै लागि परीरहेको र आगामी दिनमा पनि उत्कृष्ट नतिजाको लागि विद्यार्थीहरुलाई कडा परिश्रम र मेहनत गराउने उहाले वताउनु भयो ।

उहाले कतिपय कलेजले एउटा विषयमा उत्कष्ट अंक ल्याउने विद्यार्थी नै धरान प्रथम भएको भन्दै प्रचार गरेको सुन्दा आफूलाई आश्चार्य लागेको समेत वताउनु भयो ।

उत्कृष्ट हुने विद्यार्थीले संकायमा नै उत्कष्ट अंक ल्याउनु पर्नेमा कतिपयले एउटा कुनै एैच्छिक विषयमा आएको अंकलाई नै उत्कष्टको विज्ञपान गरेर अभिभावक र विद्यार्थीहरुलाई भ्रम छरेको वताउनु भयो ।

वास्तविक परिणामा विश्वास गर्न विद्यार्थी र अभिभावकहरुलाई उहाको सुझाव समेत रहेको छ ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic