धरान १३ को खहरेमा ग्याबिन तोडफोड आरोपममा नगर प्रहरी असई प्रहरी नियन्त्रणमा

  • साउन २७, २०८१
  • १,९२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ आइतवार ः धरान वडा नं १३ को खहरेमा ग्याबिन बाल भत्काउने कार्यमा संलग्न मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नगर प्रमुख हर्कराज राईको निर्देशनमा ग्याबिन बाल भत्काउने नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आइतवार बिहान पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीले मंग्राती पक्राउ गरेको पुष्टि गरे ।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपममा धरान–१३ कि भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राईलाई यस अघि नै पक्राउ गरी सकेको छ ।

उनीहरुलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा नं १३ को खहरेमा प्रदेश सरकारको बजेटबाट पहिरो नियन्त्रण गर्न ग्याबिन लगाइएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic