धरान १३ को खहरेमा ग्याबिन तोडफोड आरोपममा नगर प्रहरी असई प्रहरी नियन्त्रणमा

  • साउन २७, २०८१
  • १,८७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ आइतवार ः धरान वडा नं १३ को खहरेमा ग्याबिन बाल भत्काउने कार्यमा संलग्न मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नगर प्रमुख हर्कराज राईको निर्देशनमा ग्याबिन बाल भत्काउने नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आइतवार बिहान पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीले मंग्राती पक्राउ गरेको पुष्टि गरे ।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपममा धरान–१३ कि भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राईलाई यस अघि नै पक्राउ गरी सकेको छ ।

उनीहरुलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा नं १३ को खहरेमा प्रदेश सरकारको बजेटबाट पहिरो नियन्त्रण गर्न ग्याबिन लगाइएको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic