धरानमा अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता असोजमा विजेताको नगद पुरस्कार २ लाख रुपैयाँ

  • भदौ २, २०८१
  • ३५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भदौः सञ्जीवनी केन्द्र धरान–१३ ले असोजको पहिलो साता अन्तर्राष्ट्रिय आमन्त्रित फुटसल प्रतियोगिताको आयोजना गर्नें भएको छ ।

आयोजकले आइतवार पत्रकार सम्मेलन गरी सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको तेस्रो संस्करण आउँदो असोज ३ देखी ५ गते सम्म सञ्चालन हुनेछ ।

संस्थाका अध्यक्ष सम्पूर्ण ताम्रकारले प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिएकाछन् । यस अघि उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ थियो ।

प्रतियोगितामा नेपालको धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ र भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ,ग्यान्टोक र भुटानबाट कुल २२ टिमहरू सहभागी हुने भएका छन् ।

यसपालि प्रतियोगितामा रिकभरीङ टिमहरूलाई मात्र सहभागी गराइने अध्यक्ष ताम्राकारले बताए ।

उनले दुर्व्यसनीमा फसेका र छुटेका युवाहरूलाई सामाजिकीकरण र भाइचारा सम्बन्ध स्थापित गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोले उनीहरूलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

अघिल्ला प्रतियोगीताहरुमा रिकभरी बाहिरका टिमहरूलाई पनि सहभागी गराइएको थियो । अध्यक्ष ताम्राकारले यसपालि प्रतियोगिता रिकभरि भएकाहरूमा केन्द्रित भएर सञ्चालन गरिन बताए ।

यसपालि प्रतियोगितामा भेट्रान टिमलाई पनि सहभागी गराइने भएको छ । भेट्रान टिममा ४० वर्ष पुगेका २ जना र बाँकी खेलाडी ४२ वर्ष माथिका हुनुपर्ने बताइएको छ ।

यसैगरी रिकभरी महिला टिम महिला टिम पनि प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता ३ क्याटोगोरीमा हुनेछ ।

ओपन रिकभरिङ टिम, रिकभरी भेट्रान टिम र रिकभरी महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । महिला रिकभरी टिम धरानमा पहिलो पटक प्रतियोगिता सहभागी हुने भएको अध्यक्ष ताम्राकारले बताए ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेतालाई नगद पुरस्कार २ लाख रुपैयाँ र उपविजेता टिमलाई नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो २० हजार पुरस्कार र महिला तर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडी र गोलकिपरलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रहेको अध्यक्ष ताम्राकारले जानकारी दिए । सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic