धरानमा अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता असोजमा विजेताको नगद पुरस्कार २ लाख रुपैयाँ

  • भदौ २, २०८१
  • २६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भदौः सञ्जीवनी केन्द्र धरान–१३ ले असोजको पहिलो साता अन्तर्राष्ट्रिय आमन्त्रित फुटसल प्रतियोगिताको आयोजना गर्नें भएको छ ।

आयोजकले आइतवार पत्रकार सम्मेलन गरी सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको तेस्रो संस्करण आउँदो असोज ३ देखी ५ गते सम्म सञ्चालन हुनेछ ।

संस्थाका अध्यक्ष सम्पूर्ण ताम्रकारले प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिएकाछन् । यस अघि उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ थियो ।

प्रतियोगितामा नेपालको धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ र भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ,ग्यान्टोक र भुटानबाट कुल २२ टिमहरू सहभागी हुने भएका छन् ।

यसपालि प्रतियोगितामा रिकभरीङ टिमहरूलाई मात्र सहभागी गराइने अध्यक्ष ताम्राकारले बताए ।

उनले दुर्व्यसनीमा फसेका र छुटेका युवाहरूलाई सामाजिकीकरण र भाइचारा सम्बन्ध स्थापित गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोले उनीहरूलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

अघिल्ला प्रतियोगीताहरुमा रिकभरी बाहिरका टिमहरूलाई पनि सहभागी गराइएको थियो । अध्यक्ष ताम्राकारले यसपालि प्रतियोगिता रिकभरि भएकाहरूमा केन्द्रित भएर सञ्चालन गरिन बताए ।

यसपालि प्रतियोगितामा भेट्रान टिमलाई पनि सहभागी गराइने भएको छ । भेट्रान टिममा ४० वर्ष पुगेका २ जना र बाँकी खेलाडी ४२ वर्ष माथिका हुनुपर्ने बताइएको छ ।

यसैगरी रिकभरी महिला टिम महिला टिम पनि प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता ३ क्याटोगोरीमा हुनेछ ।

ओपन रिकभरिङ टिम, रिकभरी भेट्रान टिम र रिकभरी महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । महिला रिकभरी टिम धरानमा पहिलो पटक प्रतियोगिता सहभागी हुने भएको अध्यक्ष ताम्राकारले बताए ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेतालाई नगद पुरस्कार २ लाख रुपैयाँ र उपविजेता टिमलाई नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो २० हजार पुरस्कार र महिला तर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडी र गोलकिपरलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रहेको अध्यक्ष ताम्राकारले जानकारी दिए । सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो ।

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic