के के इन्टरनेसनल स्कुलका बिद्यार्थीलाई नमुना संसदको अभ्यास गराईने

  • भदौ ५, २०८१
  • ६,८५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,५ भाद्रः के.के.इन्टरनेसनल स्कुल धरान–१५ ले बिहीवार र शुक्रवार बिद्यार्थीहरुलाई नमुना संसरको अभ्यास गराउने भएको छ।

संघिय संसद (प्रतिनिधि सभा)को नमुना अभ्यासमा कक्षा–६ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी हुने स्कुलले जनाएको छ।

लोकतन्त्रमा बिभिन्न दलहरु हुने हुदा नमुना संसदमा तीन वटा राजनीतिक पार्टीहरु रहेका छन।

प्रतिनिधि सभामा जस्तै यो नमुना संसदमा पनि नेपाली नेसनलिष्ट पार्टी, डेमोक्र्याटिक पार्टी नेपाल र रेपब्लिकन पार्टी नेपाल गरि २ सय ७५ जना साम्सदहरु रहेका छन।

संसदमा रहेको ठुलो दल नेपाली नेसनलिष्ट पार्टीका सम्सदिय दलका नेता दर्पण गौतमको नेतृत्वमा ५ सदस्यिय मन्त्रीमण्डल गठन भएको छ।

नेपाली नेसनलिष्ट पार्टीका बिशेष अग्रवाल शिक्षा मन्त्री भएका छन।यस अघि नै डेमोक्राटिक पार्टी नेपालको तर्फबाट उज्ज्वल लिम्बु राष्ट्रपतिमा चयन भएका छन भने रिपब्लिकन पार्टीका तर्फबाट तपस्या भण्डारी सभामुख भएकि छिन।

डेमोक्राटिक पार्टीका तर्फबाट विश्वजित तिरुवा उप(सभामुख बनेका छन। दुई दिनसम्म चल्ने संसदको बैठकमा बिहिबार शिक्षा मन्त्री अग्रवालले बिद्यालय शिक्षा बिधेयक(२०८१ प्रस्तुत गरि छलफल हुने सभामुख भण्डारीले जानकारी दिइन।

लामो समय देखि सम्सदमा बिचाराधिन रहेको बिद्यालय शिक्षा बिधेयक जसरी पनि पास गर्नु पर्ने पक्षमा शिक्षा मन्त्री अग्रवाल रहेका छन।

यस अघि साम्सदहरु र सरोकारवालाहरु बीच बिधेयकको मस्यौदा माथि ब्यापक छलफल भएको संसद सचिवालयले जनाएको छ।दुई दिन सम्म चल्ने प्रतिनिधि सभाको बैठकबाट शिक्षा बिधेयक पास हुने लगभग निश्चित भएको श्रोतले जनाएको छ।

पुस्तकमा रहेका सैद्धान्तिक कुराहरुलाई अभ्यास मार्फत बिद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले ज्ञान दिने उद्येस्यले नमुना संसदको अभ्यास गराईएको स्कुलका अध्यक्ष प्रबिन अग्रवालले जानकारी दिए।

पुस्तकमा भएको कुरा पढाएर भन्दा प्रयोगात्मक तरिकाले सिकाउदा बिद्यार्थीहरुले छिटो बुझ्ने स्कुलका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले बताए। नमुना संसदको बैठकको लागि तयारी पुरा भएको स्कुलले जनाएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic