के के इन्टरनेसनल स्कुलका बिद्यार्थीलाई नमुना संसदको अभ्यास गराईने

  • भदौ ५, २०८१
  • ६,७९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,५ भाद्रः के.के.इन्टरनेसनल स्कुल धरान–१५ ले बिहीवार र शुक्रवार बिद्यार्थीहरुलाई नमुना संसरको अभ्यास गराउने भएको छ।

संघिय संसद (प्रतिनिधि सभा)को नमुना अभ्यासमा कक्षा–६ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी हुने स्कुलले जनाएको छ।

लोकतन्त्रमा बिभिन्न दलहरु हुने हुदा नमुना संसदमा तीन वटा राजनीतिक पार्टीहरु रहेका छन।

प्रतिनिधि सभामा जस्तै यो नमुना संसदमा पनि नेपाली नेसनलिष्ट पार्टी, डेमोक्र्याटिक पार्टी नेपाल र रेपब्लिकन पार्टी नेपाल गरि २ सय ७५ जना साम्सदहरु रहेका छन।

संसदमा रहेको ठुलो दल नेपाली नेसनलिष्ट पार्टीका सम्सदिय दलका नेता दर्पण गौतमको नेतृत्वमा ५ सदस्यिय मन्त्रीमण्डल गठन भएको छ।

नेपाली नेसनलिष्ट पार्टीका बिशेष अग्रवाल शिक्षा मन्त्री भएका छन।यस अघि नै डेमोक्राटिक पार्टी नेपालको तर्फबाट उज्ज्वल लिम्बु राष्ट्रपतिमा चयन भएका छन भने रिपब्लिकन पार्टीका तर्फबाट तपस्या भण्डारी सभामुख भएकि छिन।

डेमोक्राटिक पार्टीका तर्फबाट विश्वजित तिरुवा उप(सभामुख बनेका छन। दुई दिनसम्म चल्ने संसदको बैठकमा बिहिबार शिक्षा मन्त्री अग्रवालले बिद्यालय शिक्षा बिधेयक(२०८१ प्रस्तुत गरि छलफल हुने सभामुख भण्डारीले जानकारी दिइन।

लामो समय देखि सम्सदमा बिचाराधिन रहेको बिद्यालय शिक्षा बिधेयक जसरी पनि पास गर्नु पर्ने पक्षमा शिक्षा मन्त्री अग्रवाल रहेका छन।

यस अघि साम्सदहरु र सरोकारवालाहरु बीच बिधेयकको मस्यौदा माथि ब्यापक छलफल भएको संसद सचिवालयले जनाएको छ।दुई दिन सम्म चल्ने प्रतिनिधि सभाको बैठकबाट शिक्षा बिधेयक पास हुने लगभग निश्चित भएको श्रोतले जनाएको छ।

पुस्तकमा रहेका सैद्धान्तिक कुराहरुलाई अभ्यास मार्फत बिद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले ज्ञान दिने उद्येस्यले नमुना संसदको अभ्यास गराईएको स्कुलका अध्यक्ष प्रबिन अग्रवालले जानकारी दिए।

पुस्तकमा भएको कुरा पढाएर भन्दा प्रयोगात्मक तरिकाले सिकाउदा बिद्यार्थीहरुले छिटो बुझ्ने स्कुलका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले बताए। नमुना संसदको बैठकको लागि तयारी पुरा भएको स्कुलले जनाएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic