होटल मेनेजमेन्ट संकायमा प्रदेश प्रथम हुने विद्यार्थीलाई युएन कलेजद्धारा नगद सहित सम्मान

  • भदौ ७, २०८१
  • ५,४०९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,७ भाद्र ः युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम) तेस्रो सेमेष्टरको परिक्षामा कोशी प्रदेश हुन सफल आफ्ना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।

कलेजले शुक्रवार आफ्नै हलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

GYANASWOR SIR तेस्रो सेमेष्टरको परिक्षामा ३ दशमलव ८८ जिपिए ल्याएर प्रदेश प्रथम हुन सफल सिमरन तामाङलाई युएन कलेजका क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले नगद २५ हजार,खदा र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

त्यसैगरी ३ दशमलव ८७ जिपिए ल्याएर प्रदेश द्धितीय हुने स्मारीका श्रेष्ठलाई नगद १५ हजार र खदा र सम्मान पत्रले सम्मान गरीएको थियो ।

त्यस्तै ३ दशमलव ८५ जिपिए ल्याएर प्रदेश तृतीय हुने अंशु मग्रातिलाई नगद १० हजार खदा र सम्मान पत्रले सम्मान गरीएको थियो ।

विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त पुरस्कृत गरीएको कलेजका प्रमुख डम्वर कुमार तुम्वापोले वताउनु भयो ।

UN NEWS P[HOTO = 7 कलेजका अध्यक्ष ज्ञानेश्वर झा,होटल मेनेजमेन्ट विभागका को–अर्डिनेटर गगनमान श्रेष्ठ,जनसम्पर्क प्रमुख राम लिम्वुले विद्यार्थीहरुलाई खदा र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

विएचएम ४ वर्षे अर्थात ८ सेमेष्टरको कोर्ष हो जहाँ ३ वर्षसम्म हप्तामा २ दिन अनिवार्य प्राक्टिकल र वाकी दिन सैद्धान्तिक विषय पढाई हुने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिनुभयो ।

चौथो वर्षमा पढदै कमाउदै गर्न सक्नेस गरी विदेशका पाचतारे होटलहरुमा इन्टर्नका लागि पढाइने गरेको र सो समयमा विद्यार्थीहरुले पढाईमा लागेको खर्च भन्दा दोव्वर कमाउने गरेको तुम्वापोको भनाई रहेको छ ।

कलेजमा विएचएम पढने विद्यार्थीहरु अष्ट्रेलिया,अमेरीका,क्यानडा,सिंगापुर,दुवई लगायतका देशहरुमा रोजगार हुनुका साथै कतिपय युरोपिएन देशहरुमा आफैले होटल व्यवसाय संचालन गरेर वसेको तुम्वापोले वताउनु भयो ।

होटल मेनेजमेन्ट नेपालमा मात्र नभएर विश्व वजारमा नै प्रतिष्पर्धा गर्न सक्ने र स्वरोजगारमुखि विषय मानिन्छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic