के के इन्टरनेसनल स्कुलमा नमुना संसदबाट बिद्यालय शिक्षा बिधेयक पारित

  • भदौ ८, २०८१
  • १,०६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भाद्रः के के इन्टरनेसनल स्कुल धरान–१५मा शुक्रवार बसेको नमुना प्रतिनिधि सभाको बैठकबाट बिद्यालय शिक्षा बिधेयक–२०८१ पारित भएको छ।

नमुना संसदको अभ्यासमा कक्षा–६ देखि १० सम्मका २ सय ७५ जना बिद्यार्थीहरु सम्सदको रुपमा सहभागी भएका थिए।

बिहिबार नै शुरु भएको नमुना प्रतिनिधि सभाको बैठकमा सभामुख तपस्या भण्डारीले बिधेयक प्रस्तुत गर्न अनुमति दिए पछि शिक्षा मन्त्री बिशेष अग्रवालले बिद्यालय शिक्षा बिधेयक २०८१ प्रस्तुत गरेका थिए।

साम्सद औरिक पाण्डेले बिधेयक सम्सदमा प्रस्तुत हुनु भन्दा अघि नै सरोकारवालाहरु सङ्ग छलफल नगरि ल्याईएकाले धेरै बिषयहरु समेट्न बाकि रहेको बताए।अर्का साम्सद सुप्रन श्रेष्ठले बिधेयकलाई आम जनता समक्ष छलफलमा लैजानका लागि सभामुखसङ्ग माग गरे।

साम्सद श्रेष्ठको प्रस्ताव बमोजिम सभामुख तपस्या भण्डारीले शिक्षा बिधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्नका निम्ति प्रचार गरियोस भन्ने प्रस्तावलाई सम्सदमा निर्णयार्थ प्रस्तुत गरेकि थिइन। सम्सदको बहुमतले उक्त प्रस्ताव अस्विकृत भएको थियो।

त्यसपछि पुनस् सम्सदमा बिधेयकमाथि छलफल सुरु भएको थियो।शुक्रवार पनि बिधेयकमाथि ब्यापक छलफल भए पछि सभामुख भण्डारीले बिधेयकलाई निर्णयार्थ सम्सदमा प्रस्तुत गरिन।यसरी सम्सदबाट बिद्यालय शिक्षा बिधेयक(२०८१ बहुमतले पारित भयो। सम्सदबाट पारित भएको बिधेयकलाई प्रमाणिकरणका लागि राष्ट्रपति उज्वल लिम्बुकहा पठाईएको थियो।

राष्ट्रपति लिम्बुले हस्ताक्षर गरेर प्रमाणिकरण गरे पछि उक्त बिधेयक ऐन बनेको छ।

लोकतन्त्रमा बिभिन्न दलहरु हुने हुदा नमुना संसदमा तीन वटा राजनीतिक पार्टीहरु रहेका थिए।प्रतिनिधि सभामा जस्तै यो नमुना संसदमा पनि नेपाली नेसनलिष्ट पार्टी, डेमोक्र्याटिक पार्टी नेपाल र रेपब्लिकन पार्टी नेपाल गरि २ सय ७५ जना साम्सदहरु रहेका थिए।

सम्सदमा रहेको ठुलो दल नेपाली नेसनलिष्ट पार्टीका सम्सदिय दलका नेता दर्पण गौतमको नेतृत्वमा ५ सदस्यिय मन्त्रीमण्डल गठन भएको थियो।

नेपाली नेसनलिष्ट पार्टीका बिशेष अग्रवाल शिक्षा मन्त्री भएका छन।यस अघि नै उज्ज्वल लिम्बु राष्ट्रपतिमा चयन भएका थिए भने रिपब्लिकन पार्टीका तर्फबाट तपस्या भण्डारी सभामुख भएकि थिइन। डेमोक्राटिक पार्टीका तर्फबाट विश्वजित तिरुवा उप(सभामुख बनेका थिए।

पुस्तकमा रहेका सैद्धान्तिक कुराहरुलाई अभ्यास मार्फत बिद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले ज्ञान दिने उद्येस्यले नमुना संसदको अभ्यास गराईएको स्कुलका अध्यक्ष प्रबिन अग्रवालले जानकारी दिए।

पुस्तकमा भएको कुरा पढाएर भन्दा प्रयोगात्मक तरिकाले सिकाउदा बिद्यार्थीहरुले छिटो बुझ्ने स्कुलका प्रीन्सिपल हरिश्चन्द्र बुढाथोकीले बताए। नमुना सम्सद अभ्यास कार्यक्रमको समन्वय स्कुलका शिक्षक टेक बहादुर बस्नेतले गरेका थिए।

 

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic