युएन नबोदयकी एन्जिला जेसिज बतृत्वकलामा प्रथम

  • भदौ १०, २०८१
  • १६,२७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० भाद्रः धरान जेसिजले आईतवार आयोजना गरेको धरान उप–महानगरव्यापि अन्तर प्लस टु स्तरीय भजेन्द्र स्मृति वक्तृत्वकला प्रतियोगितामा एन्जिला कार्की प्रथम भएकी छिन।

जेसिज सप्ताह–२०२४ अन्तर्गत दोश्रो दिन भएको प्रतियोगितामा युएन नबोदय कलेजमा होटल म्यानेजमेन्ट लिएर कक्षा–१२ मा अध्ययनरत एन्जिला प्रथम भएकी हुन।

एन्जिला ¥याडिकल लाईट नेपालले आयोजना गरेको एसईई स्पिकर–२०७९ की समेत बिजेता हुन।

धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभा हलमा सम्पन्न भएको प्रतियोगीतामा डिपोट सेकेन्डरी स्कुलका सरिफ राई द्वितीय भएका थिए ।

त्यस्तै दिल्ली पब्लिक स्कुलका अदित दास तृतीय भए भने बिजयपुर सेकेण्डरी स्कुलका मोहम्मद सोहल सान्त्वना भएका थिए ।

प्रतियोगीतामा धरान भरिका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २४ जना बिद्यार्थीहरु सहभागि भएको कार्यक्रमका मुल संयोजक राजेन्द्र रिजालले जानकारी दिए।

प्रतियोगितामा बिजेताहरुलाई निर्णायकहरु डा भवानी प्रसाद भट्टराई, डाजीवन राई, डा. अस्मिता बिष्ट, धरान जेसिजका अध्यक्ष आयुष्मा शाक्य, कार्यक्रमका संयोजक रिशब लिम्बु लगायतले ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

धरान जेसिजले हरेक वर्ष जेसिज सप्ताहको आयोजना गर्दै आएको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic