युएन नबोदयकी एन्जिला जेसिज बतृत्वकलामा प्रथम

  • भदौ १०, २०८१
  • १६,२२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० भाद्रः धरान जेसिजले आईतवार आयोजना गरेको धरान उप–महानगरव्यापि अन्तर प्लस टु स्तरीय भजेन्द्र स्मृति वक्तृत्वकला प्रतियोगितामा एन्जिला कार्की प्रथम भएकी छिन।

जेसिज सप्ताह–२०२४ अन्तर्गत दोश्रो दिन भएको प्रतियोगितामा युएन नबोदय कलेजमा होटल म्यानेजमेन्ट लिएर कक्षा–१२ मा अध्ययनरत एन्जिला प्रथम भएकी हुन।

एन्जिला ¥याडिकल लाईट नेपालले आयोजना गरेको एसईई स्पिकर–२०७९ की समेत बिजेता हुन।

धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभा हलमा सम्पन्न भएको प्रतियोगीतामा डिपोट सेकेन्डरी स्कुलका सरिफ राई द्वितीय भएका थिए ।

त्यस्तै दिल्ली पब्लिक स्कुलका अदित दास तृतीय भए भने बिजयपुर सेकेण्डरी स्कुलका मोहम्मद सोहल सान्त्वना भएका थिए ।

प्रतियोगीतामा धरान भरिका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २४ जना बिद्यार्थीहरु सहभागि भएको कार्यक्रमका मुल संयोजक राजेन्द्र रिजालले जानकारी दिए।

प्रतियोगितामा बिजेताहरुलाई निर्णायकहरु डा भवानी प्रसाद भट्टराई, डाजीवन राई, डा. अस्मिता बिष्ट, धरान जेसिजका अध्यक्ष आयुष्मा शाक्य, कार्यक्रमका संयोजक रिशब लिम्बु लगायतले ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

धरान जेसिजले हरेक वर्ष जेसिज सप्ताहको आयोजना गर्दै आएको छ ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic