मेला चलाउदै वार्षिक उत्सव मनाउदै सुनसरी उद्योग वाणिज्य संघ ६ दशक लामो इतिहासलाई मेलामा सीमित गरेको व्यपारीको गुनासो

  • भदौ ११, २०८१
  • १०,८८० पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,११भाद्रः सुनसरी उद्योग वाणिज्य संघ धरानले ६१ औं स्थापनाको अवसरमा मेला संचालन गर्ने भएको छ ।

संघले महिला उधमीलाई प्रोत्साहन गर्ने भन्दै मेला संचालन गर्ने भएको हो ।

संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै महिला उद्यमी प्रदर्शनी मेला आयोजना गर्ने जानकारी गराएको थियो ।

आयोजकले दिएको जानकारी अनुसार भदौं १३ गतेदेखी १५ गतेसम्म धरानमा मेला संचालन गर्न लागेको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

मेलामा स्थानिय उत्पादनका नामका बिभिन्न ४५ वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।

मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने संघका सचिब महेन्द्र प्रधानले बताए ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनि मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष बिजय श्रेष्ठले बताए ।

मेला अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ । यस्तै, करिब १० हजारले प्रदर्शनि मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

हरेक वर्ष मेला गर्न वानी परेको संघले ६ दशक लामो समय पुरा गरेको इतिहासलाई पनि मेलामा सीमित गरेको भन्दै केही उद्योगी व्यापारीले भने गुनासो व्यक्त गरेकाछन् ।

व्यवसायी युवराज न्यौपानेले यति लामो संघको इतिहासलाई मेलामा लगेर सीमित गर्नाले उद्योग वाणिज्य संघको स्तर मापन भएको वताए ।

उनले ६ दशक लामो इतिहासलाई यति सानो कुरामा अल्मलिनु भनेको नेतृत्वको क्षमतामा पनि प्रश्न उठेको उनको भनाई रहेको छ ।

केही महिना अघि मेला संचालन गरेर हौसिएको संघका पदाधिकारीहरुले यति लामो इतिहासलाई मेलामा परिणत गरेकाछन् ।

व्यवसायीहरुले ६ दशक लामो समयको संघको गरीमालाई थप गौरव वनाउनका लागि अन्य कार्यक्रम समेत थप गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

मेलामा किन संघको ध्यान गको भन्ने कुरामा व्यवसायीहरुले प्रश्न गर्ने गरेकाछन् ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic