एनप्याव्सन सुनसरीको वतृत्वकला प्रतियोगितमा पर्वत वोडिङकी निङसाङ लिम्वु प्रथम

  • भदौ २२, २०८१
  • ४,१८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ भाद्रः एन प्याव्सन सुनसरीले आयोजना गरेको जिल्ला व्यापी वतृत्वकला प्रतियोगिताको विजेता धरान–१९ स्थित पर्वत वोडिङ इङ्लिस स्कुलकी निङसाङ लिम्बु
वनेकीछिन् ।

आफ्ना १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै पर्वत स्कुलकी निङसाङ लिम्वु विजेता वनेकी हुन ।

सामाजिक संजालको प्रयोग,समस्या र समाधानको उपाय विषयक सो प्रतियोगितामा सुनसरी जिल्ला भरीका २० विद्यालयका २० विद्यार्थीहरु सहभागी भएका थिए ।

सो प्रतियोगितामा इमानुयल इङ्लिस वोडिङ स्कुलकी मिसिका राई दोस्रो भएकी थिइन ।

NPABSAN NEWS PHOTO = 2 त्यसैगरी आइडियल इङलिस वोडिङ स्कुलकी प्रिया वोहरा तृतीय वनेकी थिइन ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङ,एनप्याव्सन सुनसरीका अयक्ष योवा राई लगायतले ट्रफि मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता र प्रतिभालाई प्रष्फुटन गर्ने अवसर भएको वताएका थिए ।

सो प्रतियोगिताको निर्णायकहरुमा प्रा.डा. टंकप्रसाद न्यौपाने र वरिष्ठ प्रशिक्षक दोर्पध्वज राई रहेका थिए ।

यसैवीच वृतृत्वकला प्रतियोगिताको जुनियर तर्फ के के इन्टरनेशनल स्कुलका आरम्भ दुलाल प्रथम भएका थिए भने आईडियल इङलिस वोडिङ स्कुलकी स्निध्धा पौडेल दोस्रो भएकी थिइन भने नमुना एकेडेमी इटहरीकी रुथ तामाङ तेस्रो भएकी थिइन ।

निर्णायहरुमा पिण्डेश्वर क्याम्पसका उपप्राध्यापकद्धय अम्वर ढकाल र नित्यानन्द खतिवडा रहेका थिए ।

सो प्रतियोगिताको शीर्षक बालमैत्री वातारण आजको आवस्यकता रहेको थियो ।

सो प्रतियोगितामा विजेता वन्न सफल विद्यार्थीैहरुलाई एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङ,एनप्याव्सन सुनसरीका अयक्ष योवा राई लगायतले ट्रफि मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic