हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी विजेता

  • भदौ ३०, २०८१
  • ६१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भाद्रः धरान इङ्लिस वोडिङ स्कुल धरान–५का विद्यार्थीहरुले हस्त लेखन प्रतियोगिताको उपाधि हात पार्न सफल वनेकाछन् ।

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा धरान ५ स्थित ठिङगाबारी पुस्तकालयले आयोजना गरेको हस्तलेखन प्रतियोगीतामा जुनियरतर्फ धरान इङलिश बोर्डिङ स्कुल धरान ५ तल्लो देउरालीले पहिलो र दोस्रो स्थान हासिल गरेको हो ।

शशनिबार धरान ५ को जनता आधारभुत बिधालयको हलमा सम्पन्न प्रतियोगीताको जुनियर कक्षा १ देखी ५ सम्मको बिधार्थीहरु विच भएको प्रतियोगीतामा धरान ईंङलिश बोर्डिङ स्कुलकी कक्षा ५ कि श्रृष्टि राई प्रथम र कक्षा ५ कै श्रृष्टि राई दोस्रो र तेस्रो श्री जनता आधारभूत विद्यालयकी बिन्दु मगर भएकी छिन ।

उनिहरुले नगद प्रथम १५ सय प्रमाण पत्र र मेडल दोस्रो नगद रु एक हजार प्रमाण पत्र र मेडल तेस्रोले नगद रु ५ सय प्रमाण पत्र र मेडल प्राप्त गरेकिछिन ।

सिनियर तर्फ हिमाली माध्यमिक विद्यालय देउरालीकी सुम्निबुङ्ग राई, दोस्रो शिक्षा सन्देश माध्यमिक विद्यालय पानबारीकी कृतिका थापा र हिमाली मावी कै अनुश्का लिम्बू तेस्रो भएकी छिन् ।

सिनियर तर्फका बिजेताहरुले प्रथम,द्वितीय र तृतीयलाई क्रमशः नगद रु २०००,१५००,१०००,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुस्तकालयले बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ । पुस्तकालयले आयोजना गर्ने बिबिध कार्यक्रमहरु, मध्ये बिधार्थीहरुलाई प्रोत्साहन स्वरुप उनिहरुको इच्छा शक्तीलाई अझ बढी उजागर गर्न को लागी प्रतियोगीता आयोजना गरिएको पुस्तकालयका सचिव सन्देश दाहालले जानकारी दिए ।

प्रतियोगीतामा धरान उपमहानगरपालिकाका धरान ५ का सम्पूर्ण बिधालयहरु र धरान ६ का बिधालयहरु सहभागी थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic