निवन्ध प्रतियोगितामा विष्णु स्कुल प्रदेश प्रथम

  • असोज ४, २०८१
  • २,५४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोजःकोशी प्रदेश स्तरीय निवन्ध प्रतियोगिताको उपाधि धरान स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले जित्न सफल वनेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवसको अवसरमा आयोजना गरेको प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा विष्णु मेमोरियल माध्यमिक धरानले उपाधि जित्न सफल वनेको हो ।

विष्णु स्कुलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी सम्युएल कोइरालाले प्रथम स्थान हासिल गर्दैै नगद २० हजार,प्रमाण–पत्र प्राप्त गर्न सफल भएका छन्।

नेपालको संविधान र संघीयता कायान्वयनमा प्रदेशको भूमिका विषयक सो प्रतियोगितामा कक्षा ९ देखि स्नातक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका लागि दिइएको विषयमा प्रतियोगिहरुले नेपाली भाषामा अधिकतम एक हजार शब्दसम्मको हुनु पर्ने नियम राखिएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत तथा उक्त प्रतियोगिताका सम्पर्क अधिकृत सदानन्द भट्टराइले प्रतियोगितामा मोहनमाया मावि बिर्तामोड चारपाने झापाकी छात्रा दिप्ती सुवेदी दोस्रो हुन सफल वनेकी थिइन ।

प्रतियोगितामा जनता मावि देउरी त्रियुगा उदयपुरका छात्र आश्विन काफ्लेले तृतीय स्थान ल्याउन सफल भएका थिए ।

त्यसैगरी प्रतियोगितामा जनता बहुमुखी क्याम्पस इटहरीका छात्र लक्ष्मण दुलाल, महेन्द्र मावि बराहक्षेत्रका छात्र आर्यन निरौला तथा खुम्जुङ्ग मावि सोलुखुम्बुकी छात्रा छिरिङ्ग हिङ्गमा शेर्पाले सान्तवना स्थान हात पारेका थिए ।

विजेता विद्यार्थीहरूलाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग तथा कोशी प्रदेश सरकारका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान दिवसको अवसरमा बिराटनगरमा आयोजित मूल समारोहमा पुरस्कृत गरेका थिए ।

यसैगरी द्वितीय र तृतीय हुनेलाई कमश रू १५,००० र १०,००० तथा प्रमाणपत्र तथा सान्त्वना स्थानलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

उक्त अवसरमा पुरस्कृत हुन सफल निबन्धहरूलाई कोशी प्रदेश सरकारद्वारा प्रकाशन गरिने जर्नलमा प्रकाशन गरिने व्यहोरा उक्त मन्त्रालयले आफ्नो सूचनामा उल्लेख गरेको छ।

प्रथम हुने विद्यार्थीलाई विष्णु मेमोरीयल स्कुल धरानले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विजेता विद्यार्थी तथा अभिभावकलाई समेत सम्मान गरेको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic