वीपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा नवराज निर्वाचित

  • असोज ७, २०८१
  • ३,४७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,७ असोजः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको निर्वाचनमा नवराज कुमार देव निर्वाचित भएकाछन् ।

आफ्ना प्रतिवन्दिहरुलाई भारी मतले पराजित गर्दै देव अध्यक्षमा निर्वाचित वनेका हुन् ।

अध्यक्षमा निर्वाचित देवले ४५५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी जमुना वनले २९३ मत प्राप्त गरेकी थिइन् । अध्यक्षका अन्य प्रत्याशी दिवस पन्थले २५५, कृष्णकुमार यादवले १४६, दीपेशकुमार सिंहले १०५ र धिरज उदासले १८ मत पाएका थिए ।

१९ सदस्य कार्यसमितिको महासचिव सुविनकुमार साह निर्विरोध निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा ६३७ मत प्राप्त गरी मोहम्मद महमुद नुरी विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५७६ मत पाए ।

जुनियर रेजिडेन्ट उपाध्यक्षमा डा.विशाल गुरुङ निर्विरोध निर्वाचित भए । एमबिबिएस उपाध्यक्ष सदिच्छा न्यौपानेले ६३१ मत प्राप्त गरी विजयी भइन् । विडिएस उपाध्यक्ष नगेन्द्र यादव ४९५ मत प्राप्त गरी विजयी भए । नर्सिङ उपाध्यक्ष कान्तिपुर बास्तोला ७१९ मत प्राप्त गरी विजयी भइन् ।

सचिवमा रामउद्गार साह ६५४ मतले विजयी भए । कोषाध्यक्षमा हार्दिक गोयल ६९४ मत प्राप्त गरी विजयी भए । सदस्यहरूमा विडिएस तर्फ अर्जुन यादव १४२, विजयकुमार यादव १२०, सुदिप सोनी ११५ मतले विजयी भए । नर्सिङ तर्फ गोत्री नाथ १००, सकृला घले गुरुङ १७० मतले विजयी भइन् ।

लाइट साइन्स तर्फ सतरोहन यादव ४६ मतले विजयी भए । एम पिएच तर्फ जीवननारायण कुमार चौहान र बेसिक साइन्स नर्सिङ रचना पुरी निर्विरोध निर्वाचित भए । जुनियर रेजिडेन्ट तर्फ डा। तरन्नुम वान, डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए ।

एमबिबिएस तर्फ भविष्य विष्ट ३३३, सन्दीप विक ३२०, यतेन्द्र यादव २८४, प्रवीण भट्टराई २४६, मोहम्मद असररुल अन्सारी २४४ मतले विजयी भए । निर्वाचन आयुक्त प्रा.डा. समसेर श्रेष्ठले विद्यार्थी समाजमा कुल १६ सय ७० मतदाता मध्ये १२ सय ७८ मते खसेको जानकारी दिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic