वीपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा नवराज निर्वाचित

  • असोज ७, २०८१
  • ३,३२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,७ असोजः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको निर्वाचनमा नवराज कुमार देव निर्वाचित भएकाछन् ।

आफ्ना प्रतिवन्दिहरुलाई भारी मतले पराजित गर्दै देव अध्यक्षमा निर्वाचित वनेका हुन् ।

अध्यक्षमा निर्वाचित देवले ४५५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी जमुना वनले २९३ मत प्राप्त गरेकी थिइन् । अध्यक्षका अन्य प्रत्याशी दिवस पन्थले २५५, कृष्णकुमार यादवले १४६, दीपेशकुमार सिंहले १०५ र धिरज उदासले १८ मत पाएका थिए ।

१९ सदस्य कार्यसमितिको महासचिव सुविनकुमार साह निर्विरोध निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा ६३७ मत प्राप्त गरी मोहम्मद महमुद नुरी विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५७६ मत पाए ।

जुनियर रेजिडेन्ट उपाध्यक्षमा डा.विशाल गुरुङ निर्विरोध निर्वाचित भए । एमबिबिएस उपाध्यक्ष सदिच्छा न्यौपानेले ६३१ मत प्राप्त गरी विजयी भइन् । विडिएस उपाध्यक्ष नगेन्द्र यादव ४९५ मत प्राप्त गरी विजयी भए । नर्सिङ उपाध्यक्ष कान्तिपुर बास्तोला ७१९ मत प्राप्त गरी विजयी भइन् ।

सचिवमा रामउद्गार साह ६५४ मतले विजयी भए । कोषाध्यक्षमा हार्दिक गोयल ६९४ मत प्राप्त गरी विजयी भए । सदस्यहरूमा विडिएस तर्फ अर्जुन यादव १४२, विजयकुमार यादव १२०, सुदिप सोनी ११५ मतले विजयी भए । नर्सिङ तर्फ गोत्री नाथ १००, सकृला घले गुरुङ १७० मतले विजयी भइन् ।

लाइट साइन्स तर्फ सतरोहन यादव ४६ मतले विजयी भए । एम पिएच तर्फ जीवननारायण कुमार चौहान र बेसिक साइन्स नर्सिङ रचना पुरी निर्विरोध निर्वाचित भए । जुनियर रेजिडेन्ट तर्फ डा। तरन्नुम वान, डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए ।

एमबिबिएस तर्फ भविष्य विष्ट ३३३, सन्दीप विक ३२०, यतेन्द्र यादव २८४, प्रवीण भट्टराई २४६, मोहम्मद असररुल अन्सारी २४४ मतले विजयी भए । निर्वाचन आयुक्त प्रा.डा. समसेर श्रेष्ठले विद्यार्थी समाजमा कुल १६ सय ७० मतदाता मध्ये १२ सय ७८ मते खसेको जानकारी दिए ।

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic