धरानमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

  • असोज १८, २०८१
  • ५,८६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८असोजः खेलकुदको उपनामले परिचित धरानमा प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा तीन दिनसम्म सञ्चालन हुनेछ ।

धरान ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका थिए ।

पूर्व मुख्यमन्त्री राईले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए ।

प्रतियोगितामा नेपालको ७७ जिल्लाका १२४ टिमबाट ५०० जना खेलाडी सहभागी भएको संयोजक टङ्क लिम्बुले बताए ।प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागिता रहेको छ ।

प्रतियोगितामा खुल्ला मेन्स डबल २९ टिम , खल्ला महिला डबल ९ टिम , मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम , भेट्रान डबल ५५ प्लस २४ टिम बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताहरूले खुल्ला पुरुष डबलका विजेता जोडीलाई १ लाख १५ हजार, उपबिजेताले ५५ हजार, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र पाउने छ ।

खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११र११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहेका छन् । उद्घाटन कार्यक्रमको सभापतित्व अध्यक्ष टङ्क लिम्बुले गरेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic