ब्याडमिन्टन प्रतियोगिताको उपाधी चन्द र तामाडको पोल्टामा

  • असोज २२, २०८१
  • २,१८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ असोजः धरानमा भएको खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी ब्लवका हिमाल चन्द र भोजपुरका विशाल तामाङको जोडीले हात पार्न सफल वनेकाछन् ।

धरान ब्याडमिन्टन क्लवको आयोजनामा अमरहाट स्थित अमर सेवा समाजको हलमा तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितामा चन्द र तामाङले उपाधि हात पार्न सफल वनेका हुन् ।

game news photo = 2 फाईनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाको जोडीलाई पराजित गर्दै चन्द र तामाङको जोडीले उपाधी जितेको हो ।

त्यसैगरी प्रतियोगितामा भेट्रान्स ४५ं मा देववहादुर गुरुङ (तनहु) र सम्भु श्रेष्ठ (कास्की) को जोडी विजेृता वन्न सफल वनेको थियो भने उत्तम सिम्खडा र श्रवण चौधरीको जोडी उपविजेता वनेको थियो ।

प्रतियोगितामा सन्तोष कटुवालरभजनलाल चौधरीको जोडी र धनबहादुर लिम्बूरराम योन्जनको जोडी तेस्रो भएका थिए ।

भेट्रान्स (५५ं) तर्फ उत्तम सिम्खडा र सञ्जय भक्तराजको जोडी विजेता वन्न सफल भएको थियो भने श्रीप्रसादधिमाल र राजु महर्जनको जोडीले दोस्रो हात पारेका थिए ।

प्रतियोगितामा दिलबहादुर कन्दङ्वारसुदिप योञ्जनको जोडी र दर्शन भक्त राजरकोमल शाक्यको जोडी तेस्रो भए ।

मिक्स डबल्समा बिशाल खड्का (कास्की) र रशिला महर्जन (आर्मी) को जोडी विजेता वन्न सफल वनेको थियो भने सुर्य श्रेष्ठ (धरान) र रोजी राई (उदयपुर)को जोडी उपविजेता वन्न सफल भए ।

यता दिपक घिमिरे (मेची)रअमिता गिरी (आर्मी)को जोडी र राम राई (ओखलढुङ्गा) र निसम सुब्बा (ईलाम) तेस्रो भए ।

त्यसैगरी वमन डबल्सतर्फ आर्मीका अमिता गिरी र रसिला महर्जनको जोडी विजयी वन्न सफल वनेका थिए भने रञ्जना राई (झापा)रनविना राई (एपिएफ) को जोडी उपविजेता वनेका थिए ।

प्रतियोगितामा योगिता लिम्बू (धरान)रनिशाम सुब्बा (ईलाम) को जोडी र रोजी राईरसृष्टि राईको जोडी तेस्रो स्थानमा चित्त वुझाए ।

उपाधि मेन्स डबल्समा प्रथमले १ लाख १५ हजार मेडल र प्रमाण पत्र हात पारेका थिए भने दोस्रो हुने ५५ हजार र तेस्रोले १५÷१५ हजार पुरस्कार हात पारेको छ ।

अन्य सबै ईभेन्टसका प्रथमले ६५ हजार, दोस्रोले ३३ हजार र तेस्रोले १०र१० हजार नगद पुरस्कार पाए ।

कार्यक्रमको उद्घाटन पुूर्व मन्त्री राजेन्द्र राईले गरेका थिए भने समापन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघा रहेका थिए ।

कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष टंक लिम्वुले गरेका थिए भने संचालन क्लवका सदस्य खगेन्द्र मेन्याङ्वोले गरेका थिए ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic