एन्फा एकेडेमीले खेलकुदसंगै पढाईलाई प्राथमिकता दिएको छ–अध्यक्ष किशोर राई

  • असोज २३, २०८१
  • ३,३८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोजः कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले एन्फा एकेडेमीमा ४ वर्षे फुटबल प्रशिक्षणमा रहेका यु–१३ का प्रशिक्षार्थीहरूलाई पढाईलाई प्राथमिकता दिएर प्रशिक्षण सञ्चालन गर्दै आएको बताएकाछन् ।

एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष समेत रहेका राईले ‘फुटबल खेल्न जानेर मात्र पयाप्त नहुने हुदा पढाइमा समेत सफल हुनु पर्नेमा जोड दिएका थिए ।

ANFA =3 अध्यक्ष राइले एकेडेमीमा रहेका प्रशिक्षण लिईरहेका विद्यार्थीहरुको स्कुलको पढाई, परीक्षा अनुसार प्रशिक्षणको तालिका निर्धारण गरेको जानकारी समेत दिएकाछन् ।

दशै तथा तिहारको एक महिना विदाको समयमा घर जान लागेका विद्यार्थीहरु लिन आएका अभिभावकहरुलाई अभिभावकहरूलाई संवेदनशील भएर बिदाको अवधिमा पनि पढाईलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

एन्फा एकेडेमी धरानले दशै तथा तिहारमा एक महिना घर जान लागेका विद्यार्थीहरु तथा भिभावकहरूसँग मंगलवार छलफल तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

धरान उपमहानगरपालिका शिक्षा, युवा खेलकुद महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले एन्फा एकेडेमीमा प्रशिक्षणको अवसर पाउनु जीवनकै लागि महत्पूर्ण अवसर भएको बताए ।

प्रशिक्षार्थी विद्यार्थीहरू शिक्षा र फुटबल प्रशिक्षणमा बारबार अव्वल साबित हुनु जरुरी भएको खतिवडाको भनाई रहेको छ ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले कलिलो उमेरमा अभिभावकहरू भन्दा टाढा बसेर पढाई र प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरूलाई अभिभावकको प्रोत्साहन, सामिप्यता आवश्यक हुने बताउँदै एकेडेमीको अभिभावकसँग भेटघाट छलफल कार्यक्रम प्रेरणादायक भएको बताए ।

एकेडेमीका प्रशिक्षक इन्दु रसाइलीले एकेडेमीमा प्रशिक्षार्थीहरूलाई पारिवारिक वातावरणमा प्रशिक्षण सञ्चालन गरिएको बताए ।

उनले बाल मनोविज्ञान अनुसार प्रशिक्षार्थीको स्वभाव, रुचि बुझेर उनीहरूसँग व्यवहार गर्दै प्रशिक्षण पनि त्यसरी नै दिदैं आएको वताए ।

प्रशिक्षणको ३ महिना बितेको अनुभवमा सबै प्रशिक्षार्थी सन्तुष्ट रहेको र प्रशिक्षणमा मन लगाउने पाएको उनले बताए ।

ANFA NEWS = 3 FINAL अभिभावक विमला सुवेदीले एकेडेमीमा रहेको छोराको पढाई र तालिमका अनुभवबाट आफू सन्तुष्ट भएको बताइन् । उनले छोराले राम्रो शिक्षा पाउने र सफल खेलाडी बन्ने विश्वास एकेडेमीबाट पुरा हुने विश्वास व्यक्त गरिन् ।

धरान स्थित एन्फा एकेडेमीमा हाल सञ्चालन भइरहेको प्रशिक्षणका सहभागी विद्यार्थीहरू सातौँ ब्याचका हुन ।

कोशी प्रदेशको १४ जिल्लाका कुल ३० जना मध्ये धरानका ३ जना प्रशिक्षार्थी छन् । उनीहरूलाई एकेडेमीले विद्यालयीय शिक्षाको व्यवस्था सुनाखरी एकेडेमीमा गरेको छ ।

पढाईका साथै उनीहरुले फुटवलको प्रशिक्षण लिने गरेकाछन् ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic