उपप्रमुख पदलाई अपमानित गरेको ६ दलको आरोप

  • असोज ३०, २०८१
  • ४,९९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३०असोजः धरानका नगरप्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित ढंगले व्यवहार गरेको धरान स्थित ६ राजनीतिक दलहरुले आरोप लगाएकाछन् ।

धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई धरानका ६ वटा दलले उपप्रमुख पदलाई अपमानित गर्ने ‘अत्यन्तै नीच कार्य’ गरेको भन्दै सो आरोप लगाएका हुन ।

धरानका ६ वटा दलले आज बुधवार विज्ञप्ति जारी गरी ‘ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैर कानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै निज कार्य गरेको हाम्रो ठहर गरेको छ ।

धरानवासीको शिर निहुर्याउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भर्त्सना गर्दै वक्तव्यमा नगर प्रमुखको तहबाट यस्ता गैरकाननी र अराजक गतिविधिहरू नगर्न सचेत गराएको छ ।

वक्तव्य नेपाली काँग्रेस बाहेकका ६ दलका अध्यक्षहरू एमालेका हकृजंग एभेङ, माओवादीका सूर्यबहादुर भट्टराई मनोज, जसपाका ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका रेवती रमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षर छ ।

वक्तव्यमा नेपाली काँग्रेस धरान नगर समितिको ध्यानाकर्षण गराउँदै भनिएको छ ‘नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मूल्य मान्यता मान्ने पार्टीका निर्वाचित वडा अध्यक्षले संविधान र कानुन विपरीत सर्त सहित केवल थपना मात्रको कावाको जिम्मा लिनु आश्चर्यजनक भएको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic