वडा सफा राख्ने अभियानमा माओवादी केन्द्र धरान–१९ ६२ औ हप्ताको सरसफाइ अभियान सम्पन्न

  • कार्तिक १३, २०८१
  • ६,४५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिकः नेकपा (माओवादी केन्द्र) धरान उप–महानगरपालिका १९ नम्बर वडा कमिटीद्धारा जारी सरसफाई अभियानले ६२ औ हप्ताको सफलता पार गरेको ।

पार्टीले संचालन गरेको सरसफाई अभियानले मङ्गलबार सम्पन्न भएको भएको सरसफाई कार्यक्रमबाट ६२ औं हप्ता पार गरेको हो ।

MAO = 2 पार्टीले गत भदौबाट पार्टीको जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियानू कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले हालसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए।

१९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक शनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आएको छ।

आगामि शनिबार भने तिहार परेको हुनाले मङ्गलबार नै सरसफाइ अभियान गरिएको १९ नम्बर वडा कमिटीका अध्यक्ष सन्त तेम्बेको भनाई रहेको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले हात हातमा झाडु, गैति, हसिया लिएर धनकुटे रोड अन्तर्गत किरात चोकदेखि यलुङ चोकसम्म बाटोको छेउचाउ र नाली सरसफाई गरेका थिए ।

अभियानलाई सुरुवात देखि नै वडाबासिहरुले खाजा, पानी, सरसफाईको लागि गैति दिएर सहयोग गरेको अध्यक्ष तेम्बेको भनाई रहेको छ ।

वडावासीले माओवादीले संचालन गरेको अभियानलाई ९८ प्रतिशत वडाबासिहरुले सकारात्मक रहेको र सहयोग पनि गर्दै आएको वताए ।

अभियानको ६२ औ हप्तासम्म आईपुग्दा वडा भित्र धेरै कामहरु गर्न सफल भएको प्रदेस कमिटी सदस्य लिम्बुले बताए ।

वडा भित्रका विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको अध्यक्ष सन्त तेम्वेको दावी रहेको छ । अन्य वडा भन्दा १९ नं वडा कमिटी सकृय रुपमा काम गर्दै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic