सचेत नागरिक समुह धरान–१७ द्धारा प्रधानमन्त्री दैविक कोषमा २ लाख हस्तान्तरण

  • कार्तिक २१, २०८१
  • २,९१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१कार्तिक ः तपाईले देउसी भैलो खेलेको पैसा के गर्नुहुन्छ भन्दा धेरैको जवाफ आउन सक्छ वनभोज जाने,घुम्न जाने वा वाडेर लाने । तर यो भन्दा विकुल्ल फरक रहेको छ धरान–१७ को सचेत नागरीक समूहको ।

तिहारमा देउसी खेलेर संकलन गरेको २ लाख रुपैया धरान–१७ का सचेत नागरिक समुहले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।

समाजका देउसी भैलो कार्यक्रम संयोजक दयाराम थापाले धरान–१७ वडावासीहरुले बाढी पीडितहरुलाई सहयोग गर्न १ दिन देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिए ।

कोषको बैक खातामा रकम जम्मा गरेको भौचर सहित धरान १७ का वडाध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले ईलाका प्रशासन कार्यालय धरानका अधिकृत प्रतिक राईलाई बुधबार समाजले हस्तातरण गरेका थिए ।

अविरल वर्षाका कारण काठमाण्डौं उपत्यका सहित देशका विभिन्न स्थानमा भएको बाढी पहिरो डुबानका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतका लागि धरान–१७ वडावासीको तर्फबाट कोषमा जम्मा गरेको संयोजक थापाले बताए ।

एकद्धार प्रणली मार्फत राहत तथा उद्धार कार्य होस भन्ने उदेश्यले कोषमा रकम जम्मा गरिएको संयोजक थापाको भनाई रहेको छ ।

रकम जम्मा गरेको भौचर ईलाका प्रशासन मार्फत प्रधानमन्त्री उद्धार कोषमा पठाउन हस्तान्तरण गरिएको उनको भनाई छ ।

सचेत धराने भन्ने समूह नगरप्रमुख हर्क साम्पाङको समर्थक समूह भएपनि यो समूह भने कोभिडको समयमा गठन भएको समूह हो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic