बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास

  • कार्तिक २३, २०८१
  • ३,०४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरी विभिन्न क्षेत्रभमा कार्यरत पूर्व विद्यार्थीहरुले पहिलो पटक धरानमा भेलाको आयोजना गर्ने भएकाछन् ।

उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूले पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् ।

नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्र्थीहरु पहिलो पटक भेला हुने भएका छन् ।

पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् ।

प्रतिष्ठानमा आइतबार कार्तिक २५ गते हुने सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प्रतिष्ठानहरु तथा चिकित्सा क्षेत्रको विकास , अध्ययन अनुसन्धानको बारेमा समेत छलफल हुने पुर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिए ।

‘सम्मेलनमा प्रतिष्ठानको विकास सँगै चिकित्सकहरूको समस्याहरू सँगै अनुभव आदान प्रदान हुनेछ’ उनले भने ‘विदेशमा विभिन्न विश्वद्यालयमा छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहा रहेका पुर्व विद्यार्थीहरुले सहजीकरण गर्ने छन् ।’ प्रतिष्ठानमा अध्ययन गरेका दुहिजना चिकित्सकहरूले नेपालका दुई प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् ।

भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमै पहिलो पटक धरानमा चिकित्सा शिक्षा अध्ययन , अनुसन्धान तथा विशेषज्ञ उपचार गर्ने उद्देश्यले पहिलो प्रतिष्ठानको रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो ।

प्रतिष्ठान का पूर्व विद्यार्थी डाक्टर मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा काम गरिरहेका छन् भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बिपी कै विद्यार्थी डाक्टर अङ्कुर शाह उपकुलपति भएर काम गरी रहेका छन् ।

त्यसो त कर्णालीका शिक्षाध्यक्ष डाक्टर डवल राज धामी , निर्देशक डाक्टर पूजन रोकाया पनि बिपीकै उत्पादन हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्साल तथा मेडिकल काउन्सिल का रजिस्ट्रार डाक्टर सितस देव पनि प्रतिष्ठानकै उत्पादन हुन् भने बिपी का अस्पताल निर्देशक डा जगत नारायण पनि यहीका उत्पादन हुन् ।

यो सँगै बिपीको अध्ययन गरेका विद्यार्थीहरू भारतका विभिन्न अस्पताल सँगै अमेरिका , क्यानडा,अष्ट्लिया लगायतका देशका अस्पतालहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् । सम्मेलनले प्रतिष्ठानको सँगै देशकै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने संघले जनाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic