एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

  • मंसिर १, २०८१
  • १०,४९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा एकेडेमीलाई वार्षिक रुपमा वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

एन्फा एकेडेमी धरानले शनिवार आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

धरान खेलकुदको सहर र धरान फुटबलको उर्बर भूमि भएकोले पनि धरानलाई खेलकुद क्षेत्रको रुपमा पहिचान गर्नको लागि पनि पनि आवस्यक रहेको वताए ।

ANFA NEWS = 2 PHAOTO आजका साना खेलाडीहरु नै भोलीको देशका राष्ट्रिय खेलाडी हुने वताउदै कार्कीले एन्फा एकेडेमीलाई कोशी प्रदेशको एकमात्र योजनाको रुपमा विकास गर्दै लैजानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गरेका थिए ।

मुख्यमन्त्री कार्कीले एन्फा एकेडेमी संचालनको लागि वजेटका लागि प्रस्ताव ल्याउन एन्फा संचालकहरुलाई आग्रह गर्दै दीर्घकालिन योजना वनाएर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्कीले वार्षिक रुपमा ३० लाख सम्म वजेट विनियोजन गर्दै लगिने समेत वताएका थिए ।

एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले एन्फा एकेडेमी संचालन गर्नको लागि वार्षिक १ करोड १० लाख आवस्यक रहेकोमा सो रकम स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रदेश सरकारलाई एन्फा एकेडेमीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रदेश संसद विजय कुमार राईले आउदो बजेटमा धरानको रंगशालालाई बत्तिमय बनाइदिन आग्रह गरेका थिए ।

राईले धरान खेलकुदको सहर र धरान फुटबलको उर्बर भूमि भएकोले धरानमा राति फुटबल खेल्ने र हेर्नेसम्मको अवस्था सरकारले बनाउनु पर्नेमा जोड दिएका थिए ।

खेलकुदको नाममा छुट्टिएको बजेट सिमित नेता र सांसदको हातमा गएको गुनासो समेत गरेका थिए ।

कार्यmममा अर्का प्रदेश संसद रमेश कुमार वस्नेतले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic