पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

  • मंसिर ३, २०८१
  • ४,७५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप संचालन गर्ने भएको छ ।

एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोगमा सो कप संचालन हुने भएको हो ।

सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले माघ २ गतेदेखि सो फुटवल प्रतियोगिता हुन लागेको जानकारी दिएकाछन् ।

प्रिन्सिपल राईले प्राथामिक तह, प्लस टु वा कलेज स्तरीय फुटबल मात्र धेरै आयोजना भईरहेकोले पनि कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको वताए ।

धरान उपमहानगर अन्तर स्कुल स्तरीय फुटबल प्रतियोगितामा धरान क्षेत्रका २० स्कुलहरु सहभागी हुने प्रिन्सिपल राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद २५ हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अनुमानित ४ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

प्रतियोगिताको संयोजकमा प्याप्सन तथा एन प्याप्सन धरान नगर समिति रहनेछ ।

कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले कूनैपनि प्रतियोगिताहरुले फुटबल खेलको विकासमा ठुलो टेवा पुग्नुका साथै खेलाडीहरुमा भएको क्षमतालाईलाई प्रोत्साहन गर्ने अवसर पनि प्राप्त हुने वताए ।

एन्फा एकेडेमीमा फुटवल प्रशिक्षण लिइरहेका विद्याथीहरु पनि सुनाखरी एकेडेमीमा अध्ययनरत रहेकाछन् ।

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic