पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

  • मंसिर ३, २०८१
  • ४,६६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप संचालन गर्ने भएको छ ।

एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोगमा सो कप संचालन हुने भएको हो ।

सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले माघ २ गतेदेखि सो फुटवल प्रतियोगिता हुन लागेको जानकारी दिएकाछन् ।

प्रिन्सिपल राईले प्राथामिक तह, प्लस टु वा कलेज स्तरीय फुटबल मात्र धेरै आयोजना भईरहेकोले पनि कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको वताए ।

धरान उपमहानगर अन्तर स्कुल स्तरीय फुटबल प्रतियोगितामा धरान क्षेत्रका २० स्कुलहरु सहभागी हुने प्रिन्सिपल राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद २५ हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अनुमानित ४ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

प्रतियोगिताको संयोजकमा प्याप्सन तथा एन प्याप्सन धरान नगर समिति रहनेछ ।

कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले कूनैपनि प्रतियोगिताहरुले फुटबल खेलको विकासमा ठुलो टेवा पुग्नुका साथै खेलाडीहरुमा भएको क्षमतालाईलाई प्रोत्साहन गर्ने अवसर पनि प्राप्त हुने वताए ।

एन्फा एकेडेमीमा फुटवल प्रशिक्षण लिइरहेका विद्याथीहरु पनि सुनाखरी एकेडेमीमा अध्ययनरत रहेकाछन् ।

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic