पर्यटन प्रवर्द्धन गर्न नेपाल–मकाउ हवाई यातायात आवस्यक

  • मंसिर ८, २०८१
  • ५,५३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिरः मकाउका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठले मकाउ र नेपालवीच पर्यटन प्रवद्धनका लागि सिधा हवाई यातायातको समस्या रहेको वताएकाछन् ।

नेपाल पत्रकार महासंघ सुनसरीले शुक्रवार आयोजना गरेको स्वागत तथा अवधारणा कार्यक्रममा श्रेष्ठले सो कुरा वताएका हुन ।

चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवर्द्धन गर्न सोझो हवाई यातायातको सुविधा भएको खण्डमा नेपालमा त्याहा पर्यटक ल्याउन सकिने वताए ।

नेपाल सरकारले पर्यटन सद्भावनादुत नियुक्ती गरेपछि पहिलो पटक गत फागुनमा पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक मकाउ पुगेर आएका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक नेपाल भित्राउन सकिने संभावना पयाप्त मात्रामा रहेको वताए ।
श्रेष्ठले पर्यटक आउनमा सिधा हवाई उडान नहुनु मुख्य समस्या भएको श्रेष्ठको भनाई रहेको छ बताए ।

मकाउ पुग्न हङकङ वा गोञ्जाउ ट्रान्जिट भएर दुई ठाउँबाट भिसा लिनुपर्ने भएकोले पनि थप समस्या भएको पनि उनको भनाई रहेको छ ।

नेपालबाट मकाउ करिब ४ घण्टाको उडानबाट पुग्न सकिछ । मकाउ सरकारसँग प्रस्ताव गरिएमा हवाई सुविधा प्राप्त हुनसक्ने र यसबारे नेपाल सरकारको पर्यटन मन्त्रालयलाई जानकारी दिएको उल्लेख गरे ।

सिधा उडानको हवाई मार्गमा चिनिया आकाश पर्ने भएकोले चीन सरकारले त्यसलाई स्वीकृति दिने नदिने बारेमा केही बताएनन् । क्यासिनो पर्यटनका लागि विश्वमा चर्चित मकाउको स्वायत्ततालाई लिएर पछिल्लो समय चीन(मकाउ बिच तनाव बढेको चर्चा चल्ने गरेको छ ।

मकाउ दक्षिणी चीनको ग्वाङडङ प्रान्तको किनारमा स्थित छ । यसले पश्चिममा चिनिया तट र पूर्वमा हङकङको न्यु ‘टेरिटोरी’को सिमानामा गाँसिएको छ । मकाउको जनसङ्ख्या लगभग ७ लाख छ । मकाउ विश्वको सबैभन्दा जनघनत्वयुक्त क्षेत्रमा पर्दछ ।

मकाउ, मकाउद्वीप र कोलोन तटस्थ क्षेत्र दुई मुख्य द्वीपमा अवस्थित छ । मकाउ हजारौँ वर्ष अघि स्थानीय आदिवासीहरूले आबाद गरेको ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । मकाउ १५५७ मा पोर्चुगिजहरूको उपनिवेश थियो ।

सन् १९९९ मा पोर्चुगलले मकाउलाई चीनको अधिकारमा हस्तान्तरण गरेको हो । त्यस बेला देखी मकाउलाई चीनको विशेष प्रशासनिक क्षेत्र मानिँदै आएको छ ।

अन्तरक्रियामा वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, भिमज्वाला राई, मनिता चाम्लिङले मकाउका धनाढ्यलाई नेपालमा लगानीका सम्भावना गर्न सरकार तहबाट पहल गराउन सुझाव दिए । महासङ्घका सभापति जनकऋषि राई सभापतित्वमा भएको छलफलको सञ्चालन सहसचिव भोला श्रेष्ठले गरेका थिए ।

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

धरानमा पहिलो पटक तिज क्विन

छाल खवर धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic