हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

  • मंसिर ८, २०८१
  • ५,२४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिरः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्लास स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

धन भन्दा विद्या ठूलो भन्ने शीर्षकमा आयोजना गरीएको सो प्रतियोगितामा २४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा जुनियर कक्षा ५,६, र बाट १२ जना सहभागी भएका थिए । जुनियर तर्फ कक्षा ७ की जिविका याक्सा प्रथम भएकी थिइन भने कक्षा ७ कै युमिना राई दोस्रो वनेकी थिइन भने कक्षा ५ का आरभ झ तेस्रो भएका थिए ।

सिनियर कक्षातर्फ सहभागी भएका १२ जना मध्येबाट कक्षा ८ की समिक्षा राई प्रथम भएकी थिइन भने कक्षा १० की दिविका राई दोस्रो भएकी छिन् ।कक्षा ८ का सिदार्थ श्रेष्ठ तेस्रो भएका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा प्राथमिक कक्षा इन्चार्ज गिता राई,विज्ञान इन्चार्ज सपना शाह,नेपाली शिक्षिका कोपिला लिम्वु,इसिए संयोजक नयनराज राई रहेका थिए ।

कार्यक्रममो संचालन शिक्षिका प्रज्वलिता श्रेष्ठले गरेकी थिइन ।

विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गर्न र उनीहरुलाई पढाईका अतिरीक्त अन्य धिmयाकलापमा प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताए ।

विद्यार्थीहरुलाइ पढाईका साथ अतिरिक्त अन्य क्रियाकलापमा प्रोत्साहन गर्नको लागि आगामी पुष दोस्रो साता जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीन लागेको पनि निर्देशक राईले जानकारी दिएकाछन ।

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic