हिविसकसका विद्यार्थीहरुद्धारा अपाङ्ग गृहलाई सहयोग

  • मंसिर १३, २०८१
  • ४,६४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ मंसिरः हिबिस्कस इङलिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् ।

विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको अपाङ्ग पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन

HIBISCUS NEWS PHOTO = 2

सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।

राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री गरेर करिव १० हजार वरावरको खाद्यान्न सहयोग गरेको जानकारी दिइन ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खाजा खर्चबाट वचाएर मानवीय तथा सामाजिक कार्य गरेको प्रति प्रसंशा गर्दै राम्रा कामको अनुशरण जो सुकैले पनि गर्न सकिने वताए ।

बाल क्लवका अध्यक्ष निनाम राईले पुनस्थापना गृहका सञ्चालक भीम राईलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन ।

आफ्ना स्कुृलका विद्यार्थीहरुले खाजा खर्च बचाएर सामाजिक कार्य गरेकोमा गर्व लागेको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

गृहका संचालक भीम राईले साना विद्यार्थीहरुको सामाजिकतर्फ भावनात्मक कार्यको प्रशंसा गरेका थिए ।

सामाजिक क्षेत्रका लाग्न प्रेरणा मिलोस भन्ने कामना समेत गरेका थिए । केन्द्रमा वृद्ध वृद्धा वालवालिका र अपाङ्ग गरी ३२ जना रहेको संचालक भीम राईले वताए ।

 

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic