हिविसकसका विद्यार्थीहरुद्धारा अपाङ्ग गृहलाई सहयोग

  • मंसिर १३, २०८१
  • ४,७२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ मंसिरः हिबिस्कस इङलिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् ।

विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको अपाङ्ग पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन

HIBISCUS NEWS PHOTO = 2

सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।

राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री गरेर करिव १० हजार वरावरको खाद्यान्न सहयोग गरेको जानकारी दिइन ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खाजा खर्चबाट वचाएर मानवीय तथा सामाजिक कार्य गरेको प्रति प्रसंशा गर्दै राम्रा कामको अनुशरण जो सुकैले पनि गर्न सकिने वताए ।

बाल क्लवका अध्यक्ष निनाम राईले पुनस्थापना गृहका सञ्चालक भीम राईलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन ।

आफ्ना स्कुृलका विद्यार्थीहरुले खाजा खर्च बचाएर सामाजिक कार्य गरेकोमा गर्व लागेको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

गृहका संचालक भीम राईले साना विद्यार्थीहरुको सामाजिकतर्फ भावनात्मक कार्यको प्रशंसा गरेका थिए ।

सामाजिक क्षेत्रका लाग्न प्रेरणा मिलोस भन्ने कामना समेत गरेका थिए । केन्द्रमा वृद्ध वृद्धा वालवालिका र अपाङ्ग गरी ३२ जना रहेको संचालक भीम राईले वताए ।

 

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic