शिक्षासेवी घिमिरेद्धारा वुवाको नाममा १ लाखको अक्षयकोषको स्थापना

  • मंसिर १४, २०८१
  • ३,८०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ः शिक्षासेवी युवा व्यवसायी सुरेन्द्र घिमिरेले आफ्ना वुवा स्वर्गीय कुलपति घिमिरेको नाममा १ लाखको अक्षयकोष स्थापना गरेकाछन् ।

घिमिरेले आफ्नो जन्मदिनको अवसरमा धरान–८ सहिद स्मृति माविमा उनले अक्षयकोष स्थापना गरेका हुन ।

घिमिरेले कक्षा ११–१२ मा सञ्चालित प्राविधिक विषयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न धरान–१४ का सुरेन्द्र घिमिरेले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोषबाट प्राप्त व्याजले कक्षा ११ र १२ मा प्राविधिक विषयका विद्यार्थीलाई स्कुलले छात्रवृत्ति सहित शैक्षिक सामाग्री प्रदान गरिने घिमिरेले वताए ।

इलाम जन्मथलो भएका घिमिरेले कर्मथलो धरान बनाएर शैक्षिक क्षेत्रमा सकृय रहेकाछन् ।

पैसाको अभावले जेहेन्दार विद्यार्थीहरू पढ्नबाट वञ्चित हुन नपोस भन्ने उद्देश्यले सामुदायिक स्कुल धरानमा अक्षयकोष स्थापना गरेको घिमिरेको भनाई रहेको छ ।

इलामको सरकारी स्कुलमै पढेका घिमिरेले धरानमा शैक्षिक क्षेत्रमा सकृय रहेकाछन् । प्रधानाध्यापक रामबहादुर बिस्टलाई अक्षयकोषको रकम घिमिरेले हस्तान्तरण गरेका छन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic