विष्णुका विद्यार्थीद्धारा ज्ञानचक्षुका विद्यार्थीहरुलाई ट्र्याक सुट

  • मंसिर १५, २०८१
  • १,८५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ मंसिर ः सवैले मिलेर काम ग¥यो भने सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण धरान–९ स्थित विष्णु ममोरियल स्कुलका कक्षा ९ का विद्यार्थी वनेकाछन् ।

सानो सहयोगबाट पनि ठूलो सहयोग गनृ सकिने उदाहरणको पात्र वन्दै उनीहरुले दशैमा दक्षिणबाट पाएको रकमको १० प्रतिशत रकम र तिहारमा देउसी भैलो खेलेको १० प्रतिशत रकम थपेर ज्ञान चक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई सहयोग गरेका हुन ।

ज्ञानचक्षुका ६५ जना विद्यार्थीलाई ४५ हजार मूल्यको जाडोमा लगाउने ट्र्याक सुट प्रदान गरेका थिए ।सो अवसरमा विद्यार्थीलाई फलफूल समेत वितरण गरिएको थियो ।

विष्णु मेमोरीयलका प्रिन्सिपल निलम श्रेष्ठले विद्यार्थीले ‘सामाजिक सेवा अन्तर्गत शिक्षासँगै संस्कार’ सिकाउने उद्देश्यले निजी खर्चबाट बचाएर सहयोग गरेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा थिए ।

उनि सहित विष्णुका प्रिन्सिपल श्रेष्ठले ज्ञानचक्षुका विद्यार्थीलाई ट्र्याक सुट फलफूल वितरण गरे ।पढाईका अतिक्ति विष्णु स्कुलले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic