पुस्तकालयलाई धरान खेलकुद मञ्चद्वारा नगद र पुस्तक सहयोग

  • मंसिर १६, २०८१
  • ५,५५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ःधरान खेलकुद मञ्चले साकेला पुस्तकालाई १०० थान पुस्तक र नगद १० हजार रुपैया सहयोग गरेको छ ।

किरात राई यायोख्खाव्दारा धरान–१७ साकेला पार्कमा संचालित साकेला पुस्तकालयलाई धरान खेलकुद मञ्चले सो सहयोग गरेको हो ।

शनिवार आयोजित हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, खेलकुद मञ्चका अध्यक्ष किशोर राई सहित पदाधिकारीहरूले पुस्तक हस्तान्तरण गरेका थिए ।

कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राई र उपप्राध्यापक विदुर राईले व्यक्तिगत रुप्मा पुस्तक प्रदान गरेका थिए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार हर्ष सुव्वा र प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले किरात राई यायोख्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, सचिव नवीन राईलाई हस्तान्तरण गरेका थिए ।

कोशी प्रदेश फुटबल सङ्घबाट पुस्तकालय सञ्चालनका लागि भौतिक सामाग्री जुटाउन नगद १० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुव्वले डिजिटल प्रविधिको प्रयोग बढे पनि आदिवासी जनजाति सम्बन्धी नयाँ खोज अनुसन्धानका सामाग्रीलाई आधिकारीक रूपमा डिजिटलाइजेसन गर्न पुस्तकालयको महत्त्व भने नघटेको बताए ।

नेपालका आदिवासी जनजाति सम्बन्धी इतिहास, खोज, अनुसन्धानका पुस्तकहरूको छुट्टै संस्थागत पुस्तकालयको आवश्यकता खडकी रहेको बेला साकेला पुस्तकालय पहिलो माइल खुट्टीको रूपमा स्थापना भएको उनको भनाई थियो ।

किरात राई यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले साकेला पुस्तकालयलाई अत्याधुनिक पुस्तकालयको रूपमा विकास गर्ने योजना रहेको बताए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic