धरानमा पत्रकारहरूको मौन जुलुस प्रदर्शन

  • मंसिर २४, २०८१
  • २९९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२४ंमंसिरःप्रेस स्वतन्त्रको माग गर्दै गर्दै धरानमा पत्रकारहरुले मौन जुलुस प्रर्दशन गरेकाछन् ।

नेपाल पत्रकार महासङ्घको आयोजनामा सोमवार धरानमा पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका हुन ।

धरान उपमहानगरपालिकाका स्थानीय प्रमुख प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएको पत्रकार महासंघले जनाएको छ ।

मौन जुलुसमा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन लेखिएका पर्चा हात हातमा लिएका थिए ।

भानुचोक देखि उपमहानगरपालिका सम्म पुगेको जुलुस प्रवेशद्वारमा कोणसभा गर्दै समापन गरिएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले पञ्चायतकालदेखि हालसम्म पत्रकारहरू असुरक्षित हुँदै गएको बताए । उनले लोकतन्त्र प्राप्तिका लागि लडेका पत्रकारहरूमाथि लोकतन्त्रको उन्नत अभ्यासबाट आएका जनप्रतिनिधिहरूबाटै असुरक्षित हुने अवस्था सिर्जना हुनु दुःखद भएको बताए ।

उनले नगर प्रमुख साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएको उल्लेख गर्दै अब ‘हिमाल खबरमा छापिएको समाचार बारे छानबिन हुनुपर्ने समाचार भए पत्रकार दाहाल र समाचार पुष्टि भए नगर प्रमुख स्वयं जिम्मेवार हुनुपर्ने बताए ।

महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले ‘नगर प्रमुखले गृहमन्त्रीलाई पठाएको पत्रमा पत्रकारलाई कारबाही गर्ने भनिएको विषय खेदजनक भएको वताए । उनले नक्कली माओवादीको विषय उनी आफू स्वयमले होइन भनी पुष्टि गर्न चुनौती दिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic