पत्रकारद्धयलाई चन्द्र प्रसाद श्रेष्ठ पत्रकारिता प्रोत्साहन पुरस्कार

  • मंसिर २५, २०८१
  • १,२४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिरः सिद्धी नेवाः परिषदद्वारा प्रदान गरीने चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) पत्रकारिता प्रोत्साहन पुरस्कार दुइ.जना पत्रकारलाई प्रदान गरिएको छ ।

परिषदको वार्षिक उत्सवका अवसरमा सोमवार आयोजित कार्यक्रममा छाल खबर डटकमका प्रधान सम्पादक भोला श्रेष्ठलाई २१ हजार रुपैयाँ राशिको चन्द्र प्रसाद श्रेष्ठ चन्द्र सर पत्रकारिता सम्मान र महिला पत्रकार रस्मी प्रधानलाई नगद १५ हजार सहित सम्मान गरिएको हो ।

परिषद्को १८ औँ वार्षिकोत्सवको अवसरमा संस्थापक दाता सिद्धिमान एवं गङ्गालक्ष्मी पलिखेको १६१ औँ जन्म जयन्ती कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट नेवार भाषा, संस्कृति, संस्कारको उत्थानमा योगदान पु¥याउने पत्रकारलाई पुरस्कार, सम्मानका लागि धरान–१२ निवासी शिक्षा सेवी चन्द्रप्रसाद श्रेष्ठले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन ।

सोही अवसरमा नेवार समुदायबाट सामाजिक क्षेत्रमा योगदान पु¥याएकामा नेवाः सांस्कृतिक अभियन्ता नवीन किशोर तमोट र दाता परिवारकी नातिनीद्धय उजेली मैयाँ श्रेष्ठ र जयन्ती श्रेष्ठलाई सम्मानित गरीएकोस थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिपी प्रतिष्ठानका ग्यास्ट्रोलोजि एण्ड हेपाटोलोजी विभागीय प्रमुख प्रोफेसर प्राडा विक्रम प्रधानले सम्मान–पत्र प्रदान गरेका थिए ।

यसै गरी परिषद्ले वार्षिक प्रदान गर्दै आएको नेवा समुदायका विद्यार्थीहरू छात्रवृत्ति पुरस्कार २२ जनालाई १०।१० हजार रुपैयाँको दरले वितरण गरेको छ ।

गत वर्षको एसइईमा उत्कृष्ट अङ्क ल्याउने ९ जना सहिल श्रेष्ठ, प्रतीक्षा जोशी, विनीता नेवार, भुपेन श्रेष्ठ, सिलिका महर्जन, आस्था श्रेष्ठ, सम्मान श्रेष्ठ, अरुण मानन्धर, सौगात श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरे ।

प्लस टु उत्तीर्ण ८ जना अरपिता श्रेष्ठ, अनुशा श्रेष्ठ, अनुपा श्रेष्ठ, साहिल शाक्य, सविन श्रेष्ठ, प्रजल श्रेष्ठ, क्रियता श्रेष्ठ, वसन्त श्रेष्ठलाई छात्रवृत्ति पुरस्कार प्रदान गरियो ।

इन्जिनियरिङमा उत्कृष्ट अङ्क ल्याएका ५ जना अनिस श्रेष्ठ ,सुशील श्रेष्ठ, परिधि श्रेष्ठ,उत्सव ताम्राकार, नारायण श्रेष्ठले पनि उक्त पुरस्कार प्राप्त गरे ।

परिषद्का अध्यक्ष राज विमल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उनले संस्थाले समाजसेवा र नेवा संस्कृति र परम्पराको जगेर्ना गर्दै आएको बताए ।

उनले संस्कार र संस्कृति तँ जोणर्ना गर्न खल पुच सक्रिय रहेका छन् तर नयाँ पुस्ताले भाषा बिर्सँदै गएकोमा चिन्ता जनाए ।वार्षिक साधारण सभा समेत आयोजना गरिएको कार्यक्रममा परिषद्का कोषाध्यक्ष मुकुल कायस्थले संस्थाको वार्षिक आयव्ययका साथै सम्पत्तिको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रम सचिव मोहन श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा समाजसेवी दाता सरला कायस्थ, प्रदेश सभा सांसद यशोदा कायस्थ लगायत दाताहरूको उपस्थिति थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic