धरानमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

  • पुस १, २०८१
  • २,३५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ पुषः नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले सर्वसम्मत नगरको नेतृत्व चयन गर्न सफल वनेको छ ।

कार्यसमिति सर्वसम्मत चयन गर्न सफल वनेको माओवादी केन्द्रले सोमवार पदाधिकारी पनि सर्वसम्मत चयन गर्न सफल वनेको हो ।

सोमवार भएको पदाधिकारी चयनबाट उद्धव लिम्बुलाई अध्यक्ष पदमा चयन गर्दै माओवादीले नेतृत्व चयन गरेको केन्द्रले जनाएको छ ।

केन्द्रको तेस्रो अधिवेशनले लिम्वुलाई अध्यक्षमा सर्वसम्मत निवार्चित गरेको थियो ।

नव निर्वाचित अध्यक्ष लिम्वुले अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले शुरुमा ६८ सदस्यीय सदस्यहरु चयन गरेको र सोही समितिको पहिलो बैठक बसेर थप ७ जना सदस्य मनोनित गरेर ७५ सदस्यीय बनाएको जानकारी दिए ।

कार्यसमितिमा रहेका ७५ जनाले अध्यक्षसहितका पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष लिम्वुले जानकारी दिए ।

लिम्वूले दिएको जानकारी अनुसार केन्द्रको उपाध्यक्षमा सिपी बजगाई, सुवास खवास र महिला उपाध्यक्षमा शेषकुमारी घिमिरे चयन भएका छन् ।

यस्तै, सचिवमा भुपाल चाम्लिङ (भुपेन्द्र), सहसचिवमा सुमन गहतराज र कोषाध्यक्षमा मिङ्मा भोटे सर्वसम्मत चयन भएका छन् ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic