अखिल लेखक संघले मञ्चमा उता¥यो सुनसरीका चार कवि

  • पुस ११, २०८१
  • ८७२ पटक पढिएको
  • छाल खबर
alt

श्रीशीशा राई
इटहरी, १०,पुसः अखिल नेपाल लेखक संघ सुनसरीले बुधबार सुनसरीका चार कविका कविता वाचन कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।

नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा संघले प्रख्यात कवि बम देवान, पत्रकार समेत रहेका कविद्धय अर्जुन शर्मा र जयकृष्ण यादव र विमला पोखरेललाई एउटै मञ्चमा उपस्थित गराएको हो ।

संयुक्त कविता वाचन कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा प्रत्येक कविले आफ्ना चार चार कविता सुनाएका थिए । कवि बम देवानले आफ्ना दुई कविता वाचन गरेपछि स्वास्थ्यको कारणले बाँकी दुई कविता वाचनका लागि कवि तथा लेखक पुष्प ढुङ्गानाले सघाएका थिए ।

अधिकाँश बैचारिक र क्रान्तिचेतका कविता लेख्ने कवि बम देवानले ‘सङ्कल्पित योद्धाको प्रतिबद्धता’ ‘सुनाखरी फुल’ लगायतका कविता सुनाएका थिए ।

कार्यक्रममा अतिथि कविका रुपमा आलोक चौधरी, नवराज मैनाली, कृष्णबहादुर विष्ट, प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष टिका मिलन लगायतले पनि आफ्ना रचना वाचन गरेका थिए ।

संघका केन्द्रिय सचिव प्राडा खेमराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष आलोक खनालले जनवादी साहित्यको महत्व र माक्र्सवादी साहित्यलाई जनतासम्म पु¥याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम मासिक नियमित आयोजना गरिने समेत उनले जानकारी दिए ।

कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुनसरी इन्चार्ज निर्मल बरालले जनवादी दृष्टिकोणमा आधारित साहित्यले मात्र समाज परिवर्तन र प्रगतिका लागि दिशानिर्देश गर्न सक्ने भएकोले यस्ता कार्यक्रमले आगामी दिनमा साहित्य र समाजको सम्बन्ध थप प्रगाढ बनाउने आशा व्यक्त गरे ।

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic