अखिल लेखक संघले मञ्चमा उता¥यो सुनसरीका चार कवि

  • पुस ११, २०८१
  • ९५२ पटक पढिएको
  • छाल खबर
alt

श्रीशीशा राई
इटहरी, १०,पुसः अखिल नेपाल लेखक संघ सुनसरीले बुधबार सुनसरीका चार कविका कविता वाचन कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।

नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा संघले प्रख्यात कवि बम देवान, पत्रकार समेत रहेका कविद्धय अर्जुन शर्मा र जयकृष्ण यादव र विमला पोखरेललाई एउटै मञ्चमा उपस्थित गराएको हो ।

संयुक्त कविता वाचन कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा प्रत्येक कविले आफ्ना चार चार कविता सुनाएका थिए । कवि बम देवानले आफ्ना दुई कविता वाचन गरेपछि स्वास्थ्यको कारणले बाँकी दुई कविता वाचनका लागि कवि तथा लेखक पुष्प ढुङ्गानाले सघाएका थिए ।

अधिकाँश बैचारिक र क्रान्तिचेतका कविता लेख्ने कवि बम देवानले ‘सङ्कल्पित योद्धाको प्रतिबद्धता’ ‘सुनाखरी फुल’ लगायतका कविता सुनाएका थिए ।

कार्यक्रममा अतिथि कविका रुपमा आलोक चौधरी, नवराज मैनाली, कृष्णबहादुर विष्ट, प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष टिका मिलन लगायतले पनि आफ्ना रचना वाचन गरेका थिए ।

संघका केन्द्रिय सचिव प्राडा खेमराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष आलोक खनालले जनवादी साहित्यको महत्व र माक्र्सवादी साहित्यलाई जनतासम्म पु¥याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम मासिक नियमित आयोजना गरिने समेत उनले जानकारी दिए ।

कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुनसरी इन्चार्ज निर्मल बरालले जनवादी दृष्टिकोणमा आधारित साहित्यले मात्र समाज परिवर्तन र प्रगतिका लागि दिशानिर्देश गर्न सक्ने भएकोले यस्ता कार्यक्रमले आगामी दिनमा साहित्य र समाजको सम्बन्ध थप प्रगाढ बनाउने आशा व्यक्त गरे ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic